१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रदेश नम्बर २ मा मतगणनाः कहाँ सुरु भयो, कसको अग्रता, कसले जिते



काठमाडौं, असोज ३ । प्रदेश नम्बर २ म सोमबार मतदान भएका १ सय ३६ स्थानीय तह मध्ये ७० ठाउँमा मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ । अन्य स्थानीय तहमा पनि दलका प्रतिनिधी र आयोगका कर्मचारीबिच छलफल भैरहेकोले चाँडै नै मतगणना सुरु हुने आयोगले जनाएको छ ।
मतगणना सुरु भएका धेरैजसो ठाउँमा नेपाली कांग्रेस, एमाले, माओवादी र संघीय समाजवादी फोरमका उम्मेदवारबिच प्रतिस्पर्धा भैरहेको छ ।
केही स्थानीय तहका वडामा भने नजिता पनि आइसकेको छ । पछिल्लो परिणाम अनुसार माओवादीले दुई वटा बडामा जित हात पारेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा माओवादीका सत्यनारायण कुवँर २ सय ८ मत ल्याई प्यानलसहित विजयी हुनु भएको छ । मेयर र उपमेयरमा पनि माओवादीका उम्मेदवार अघि रहेका छन् ।
यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षेत्र सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा माओवादीका मोहन केसी विजयी हुनुभएको छ । मेयर र उपमेयरमा पनि माओवादीकै उम्मेदवार अघि छन् ।
यस्तै सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १८ को वडाध्यक्षमा संघीय समाजवादी फोरमका मुलेश्वर राय प्यानलसहित विजयी हुनुभएको हो । बरहथवा सर्लाहीको सबैभन्दा ठूलो नगरपालिका हो । यस्तै २० स्थानीय तहमध्ये १२ वटामा मतगणना भइरहेको छ । लालबन्दी नगरपालिकाको मत पेटका ल्याउन नसक्दा त्यहाँ गणना हुन ढिलाई हुने भएको छ ।
सिरहाका १७ मध्ये १५ वटा तहमा मतगणना सुरु भएको छ । गोलबजार र मिर्चैयामा माओवादी अघि रहेको छ । त्यहाँ माओवादी, कांग्रेस र राजपाविच प्रतिस्पर्धा छ ।
रौतहटका १८ तहमध्ये १२ वटामा मतगणना भैरहेको छ । गरुडा र गौरमा एमाले अघि छ भने चन्द्रपुर नगरपालिकामा माओवादीले अग्रता लिएको छ ।
यस्तै महोत्तरीका १५ मध्ये ९ तहमा मतगणना भैरहेको छ । महोत्तरीको बर्दिवासमा कांग्रेस र गौशला नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारलेले अग्रता लिइरहेका छन् ।
बाराका १६ स्थानीय तह मध्ये ८ तहमा गणना भइरहेको छ । गणना सुरु गर्न बाँकी रहेका तहमा केहीबेरमा गणना सुरु गर्ने तयारी भएको छ । अहिलेसम्मको मतगणना अनुसार ती तहमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र एक एक तहमा र एक तहमा एमाले र राजपाको कडा प्रतिस्पर्धा देखिएको छ । बारागढी गाउँपालिका, सिम्रनगौढ नगरपाकिलाका र फेटा गाउँपालिाकामा कांग्रेसको अग्रता छ । यस्तै देउताल नगरपालिकामा माओवादी केन्द्र र आदर्श कोतवाल गाउँपालिकामा एमालेको अग्रता छ । पचरौता नगरपालिकामा एमाले र राजापा बराबर छन् । जीतपुर सिमरा उपमहानगरपालिका र महागढीमाई नगरपालिकामा पनि गणना भइरहेको छ ।
पर्साको वीरगन्ज महानगरपालिकमा मतगणना सुरु भएको छैन । मत गणना थाल्ने बारे सर्वदलीय बैठक बसिराखेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७४ मंगलबार ००:००  ४ : २२ बजे