१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुमा ट्रकको ठक्करबाट युवकको मृत्यु



सीताराम चौधरी, चन्द्रौटा, ५ असोज ।
ट्रकको ठक्करबाट कपिलवस्तुको चन्द्रौटामा एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रौटाबाट शिवपुरतर्फ जाँदै गरेको ना ४ ख ५०८० नम्बरको मालबाहक ट्रकले सोही दिशातर्फ गइरहेको साइकल यात्रीलाई शिवराज नगरपालिका ५, सशस्त्र चेकपोष्टदेखि २० मिटर पश्चिम सडकमा ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट शिवराज नगरपालिका २ ओझवा बस्ने कलप हुसेन मियाका २३ वर्षीय छोरा बेक्कर भनिने मुस्लिम मियाको मृत्यु भएको प्रहरीले जनाएको छ । खसीबजारस्थित फलफूल गोदाममा कार्यरत मिया राति ७ बजे दोकान बन्द गरी घर जान लागेका थिए ।
घटनापश्चात ट्रक र चालकलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो । मृतक मियाको शव पोष्टमार्टमका लागि राति ९ बजे शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक भट्टराईले जनाउनुभयो ।

प्रकाशित मिति : ५ आश्विन २०७४ बिहिबार ००:००  ४ : ०६ बजे