१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चोरी गर्ने योजनामा भए साबधान ! शान्ति सुरक्षाको विशेष निगरानी गर्दै प्रहरी



पार्वती पाण्डे, कपिलवस्तु, ६ असोज ।
नेपालीहरुको महानपर्व बडा दशैं शुभदिपावली लगायतका चाडपर्वहरु नजिकिदै जाँदा शान्ति सुरक्षालाई कपिलवस्तु प्रहरीले बलियो बनाउने भएको छ । चाडपर्वका बेला हुन सक्ने विभिन्न अपराधिक घट्नाहरु नहुनका लागि प्रहरीले जिल्लामा विशेष सुरक्षा निग्रानी बढाएको जिल्ला प्रहरी कार्यालयका डियस्पी प्रहृलाद अधिकारीले दाबी गर्नुभयो ।
रातको समयमा हुन सक्ने चोरी डकैतीका घट्नाहरु रोक्नका लागि गाउँ गाउँ, टोल टोलमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको उहाँको भनाई छ । उहाँले वुद्धआवाजसँग अगाडि भन्नुभयो – शान्ति सुरक्षा प्रति प्रहरी कटिवद्ध रुपले लागेको छ, यसमा स्थानिय नागरिकले पनि प्रहरीलाई सघाउनु पर्छ । जथाभावी मादक पदार्थ सेवन गरि गाडि चलाउने, जुवाँताँस खेल्नेलाई पनि प्रहरीले निग्रानी गरेको छ । चाडपर्व नजिकिए संगै जिल्ला तह देखि इलाका, प्रहरी चौकी सबैमा सुरक्षा बलियो बनाइएको छ ।
रातको समयमा होस या बजार भिडभाडमा होस, सादा पोशाकमा प्रहरीले निग्रानी गरिरहने छ । मदिरा सेवन गरि होहल्ला गर्ने परिवारलाई दुःख दिनेलाई समेत प्रहरीले नजिकै बाट नियाल्ने र पक्राउ गरि कानुन अनुसार कारबाहि गर्ने छ । टोल टोलमा सबै नागरिकहरु सचेत हुनु पर्छ, कोहि अपरिचित व्यक्ति आएको छ भने पनि त्यो व्यक्ति किन आएको हो भनी चासो राख्नु पर्छ । गाउँमा कुनै घट्ना हुने वित्तिकै प्रहरीमा खवर गरिदिनुपर्छ ।
नागरिक र प्रहरीको सहयोगले नै समाजमा शान्ति कायम हुन्छ – डियस्पी अधिकारीले भन्नु भयो । होटलहरुमा पनि वढि मात्रामा जाँड रक्सि खाने, होहल्ला गर्नेलाई पनि प्रहरीले निग्रानी बढाएको छ । जिल्लाका सबै स्थानमा जथाभावी सवारी साधन हाँक्ने , दुर्घट्ना गराउनेहरुलाई पनि प्रहरीले ठेगान लगाउने प्रहरीले जनाएको छ । अब छिट्टै जिल्ला सुरक्षा समितिको वैठक बसी थप सुरक्षा रणनिति बनाईने बताईएको छ ।
चाडपर्व नजिकिदै गर्दा प्रहरीले शान्ति सुरक्षा मजवुद बनाउने दाबी गरे पनि नागरिकहरुले भने प्रहरीको काम हेरेर मात्र पत्याउन सकिने बताएका छन । कुनै घट्ना हुना साथ प्रहरी यथाशिघ« उक्त स्थानमा नपुग्ने, चोरीका सामानहरु पक्राउ गरे पनि चोरी गर्नेलाई पक्राउ गर्न नसक्ने, कुनै घट्ना भए पनि प्रहरी रमिते बन्ने गरेको आम नागरिकका अगाडि छर्लङ्ग भएको नागरिक अगुवा द्रोण बेल्बासेले बताउनुभयो ।
कतिपय कुराहरुमा प्रहरीलाई निकै राम्रो मान्छु पर्छ, आपत विपत पर्दा, बाढिपहिरो, भुकम्प आउँदा सुरक्षा कर्मीले धैरै राम्रो काम गरेका पनि छन । तर चोरी तस्करी, आमनागरिकलाई शान्ति सुरक्षाको अनुभुती लगायतका काममा प्रहरीले अझै भने जती काम गर्न सकेको छैन, यि कामलाई राम्रो गर्यो भने जनताले प्रहरीलाई विश्वास गर्ने छन, उहाँले भन्नु भयो ।

प्रकाशित मिति : ६ आश्विन २०७४ शुक्रबार ००:००  २ : ४१ बजे