१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

एमाले कपिलवस्तुले शुक्रबार बृहत प्रशिक्षण क्लास गर्दै



मायादेवी अनलाइन, कपिलवस्तु, ६ असोज ।
नेकपा एमाले कपिलवस्तुले शुक्रबार जिल्लाको चारनम्बर जीतपुरमा दशै, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

जिल्लामा क्रियाशिल दुई दर्जन बढी जनबर्गिय संगठनका जिल्ला स्तरिय नेताको विचमा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको एमाले कपिलवस्तुले जनाएकोछ ।

कार्यक्रममा नेकपा एमालेका नेता तथा भरतपुर महानगरपालिका मेयरका उम्मेद्वार बनेर राष्ट्रिय चर्चा कमाउनुभएका देवि ज्ञवाली लगायत केन्द्रिय स्तरका नेताले प्रशिक्षण दिने जनाइएको छ ।

उक्त कार्यक्रममा उपस्थित हुनका लागि एमाले जिल्ला उपाध्यक्ष तथा मोर्चा फाँट प्रमुख बाबुराम खनालले सम्बन्धित सबैलाई उपस्थित हुन आग्रह गर्नुभएकोछ ।

प्रकाशित मिति : ६ आश्विन २०७४ शुक्रबार ००:००  १ : १९ बजे