१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कपिलवस्तु लायन्स क्लवमा कृष्ण के.सि चयन



मायादेवी अनलाइन, कपिलवस्तु, ७ असोज ।
सामाजिक क्षेत्रमा परोपकारी भुमिका खेल्दै आएको लाएन्स क्लवको आफ्नो शाखा कपिलवस्तुमा पनि विस्तार गरेको छ ।

जिल्लाको वाणगंगा जीतपुरमा एक कार्यक्रमको आयोजना गरि शाखा विस्तार गरिएको हो । बनगाई निवासी शैक्षिक व्यक्तित्व तथा समाजसेवी कृष्ण के.सीको अध्यक्षतामा २२ सदस्यिय लाएन्स क्लव अफ कपिलवस्तु स्थापना गरिएको छ ।

जसको प्रथम उपाध्यक्षमा कुमार खड्का द्धितिय उपाध्यक्ष सुरेन्द्र घिमिरे तृतिय उपाध्यक्ष नारायण प्रसाद बेल्वासे सचिवमा कुशल पौडेल उप सचिवमा राजु अधिकारी कोषाध्यक्षमा धातानन्द भुषाल सह कोषाध्यक्षमा राम शुभागे थारु रहनुभएको छ । यसैगरि सदस्य विस्तार संयोजक राम बहादुर पौडेल क्षेत्री र सदस्यहरुमा कमल क्षेत्री, गिरीराज कडेल, ओम प्रकाश घिमिरे, धिरज खनाल, झविलाल भट्राई, सरोज खनाल, मोहन बेल्वासे, सुन्दर आचार्य, अनिल कुमार यादव, भरत खनाल, विश्वराज खनाल, नेत्र पाण्डे शोभाखर पराजुली लगायत रहनुभएको छ ।

कार्यक्रममा शाखाको उद्घाटन समारेहमा बोल्दै लायन्स क्लव अफ रुपन्देहिका अध्यक्ष वालाराम भट्राईले संस्थाको विधान, कार्यशैली र योगदानको बारेमा जानकारी गराउनुभएको थियो ।

यस्तै लायन्स क्लव अफ रुपन्देहिका वर्ष ०१७ । १८ का अध्यक्ष इन्जीनियर कुशुमराज ज्ञवालीले नव गठित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

पुर्व अध्यक्ष बसन्तराज खनालले क्लवको उत्तर उत्तर प्रगतिको कामना गर्दै नव गठित पदाधिकारीहरुलाई शुभकामना व्यतm गर्नुभएको थियो । रुपन्दिहिका जिल्ला सचिव सुर्य बहादुर भटराईको संचालनमा संम्पन्न कार्यक्रममा मिडिया संयोजक तथा पुर्व अध्यक्ष डि. आर घिमिरेले सामाजिक क्षेत्रमा नेतृत्वदाई भुमिका खेल्दै समाज रुपान्तरणमा जोड दिनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा विश्व शान्तिको लागि प्राथना गर्नुको साथै स्पन्देहि शाखाले लायन्स क्लव अफ कपिलवस्तु शाखालाई लायन्स क्लव को अन्र्तराष्ट्रिय शत वार्षिक उत्सवको व्याज समेत प्रदान गरिएको थियो ।

 

प्रकाशित मिति : ७ आश्विन २०७४ शनिबार ००:००  २ : ५७ बजे