७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

कालीगढलाई मूर्ति बनाउँन भ्याइनभ्याइ, दैनिक १४ देखि ३० हजार मूर्ती बिक्री



कपिलवस्तु, ७ असोज ।
दशैका लागी दुर्गा भवानी लगायतका मुर्ति बनाउन यतिवेला कपिलवस्तुका कालीगढलाइ भ्याइनभ्याइ भएको छ । दशैंको घटस्थापनका देखी नै दुर्गा भवानी लगायतका मुर्ति राखेर दशहरा मनाउने चलन भएपछि कपिलवस्तु लगायत तराइका जिल्लाका कालीगढलाइ मुर्ति बनाउन दिनरात भ्याइनभ्याइ भएको हो । तौलीहवाका कालीगण कृष्ण दयाल ठाकुरले यो अवधिमा १४ हजार देखी ३० हजार मुर्ति विक्रि गर्दा ५ देखी ७ लाखको कारोवार हुने गरेको दावी छ ।
दशै लगायतका चाडपर्वसंगै अगीपछिका तुलनामा दोव्वर बढि व्यापार हुंदा कपिलवस्तुका कालीगढले मात्र एउटा मुर्तिको कम्तीमा १० हजार देखी ३० हजारसम्म विक्रि गर्दा जिल्लाभरीमा १० देखी १५ लाख बढि मुर्तिको कारोवार हुने गर्दछ । जिल्लामा मुर्तिको माग बढि हुँदा र सस्तो पाइने भएपछि सिमाक्षेत्रका बासिन्दा भने मुर्ति खरिद गर्न भारतको बढनी आसपासका क्षेत्रमा समेत पुग्ने गरेका छन् ।

 

प्रकाशित मिति : ७ आश्विन २०७४ शनिबार ००:००  ३ : १७ बजे