१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रेमिट्यान्स ७ प्रतिशत बढ्यो



काठमाडौं, असोज ९ ।
नेपाली चाडबाड नजिकिएसँगै वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्समा बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार चालु आर्थिक वर्षको पहिलो महिना ७ प्रतिशत रेमिट्यान्स बढेको हो ।
गएको साउनमा ५५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा २.५ प्रतिशतले रेमिट्यान्समा कमी आएको थियो ।
यो अवधिमा खुद ट्रान्सफर आय ४.९ प्रतिशतले वृद्धि भई ६२ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यो अवधिमा २.५ प्रतिशतले घटेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  ७ : ०९ बजे