१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कलैया उपमहानगरमा कांग्रेस विजयी, एमाले झिनो मतले पराजीत



बारा, ११ असोज ।
बाराको कलैया उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका राजेश यादवले १० हजार ९ सय ३ मत ल्याएर मेयरमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्दी एमालेका बिनोद साहले १० हजार ७ सय १६ मत ल्याउनुभयो ।
उपमेयरमा पनि कांग्रेसका रहिमा खातुनले १० हजार ५ सय ३८ मत ल्याएर विजयी हुनुभयो । प्रतिद्वन्दी एमालेका प्रतिमा यादवले १० हजार ३ सय ७२ मत ल्याउनुभयो ।

प्रकाशित मिति : ११ आश्विन २०७४ बुधबार ००:००  ५ : १८ बजे