८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आंशिक प्राध्यापकलाई करार गर्ने माग गर्दै आमरण अनसन



काठमाडौं, असोज ११ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकलाई करार गर्ने माग गर्दै डाक्टर महेशकुमार गजुरेलले आमरण अनसन शुरु गर्नु भएको छ ।
उहाँले त्रिभुवन विश्वविद्यालयको केन्द्रिय कार्यालको गेट कीर्तिपुरमा आमरण अनसन शुरु गर्नुभएको हो । आमरण अनसन शुरु गर्दै उहाँले विश्वविद्यालयले वर्षौदेखि बौद्दिक शोषण गरिरहेकाले बाध्य भएर सत्याग्रह गर्नुपरेको बताउनुभयो । बौद्दिक समुदायबाट राज्यले विज्ञता लिनुपर्ने मा चरम शोषण गर्नु लाजमर्दो भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा आंशिक प्राध्यापक सङ्घका निवर्तमान अध्यक्ष शशीकुमार शर्मा, आन्दोलन परिचालन समितिका संयोजक नरेन्द्र भण्डारी, सहसंयोजक ठमिन्द्र खतिवडा लगायतले अब आन्दोलन सशक्त बनाउने र राज्यले अझै पनि माग सुनुवाइ नगरे देशभर सत्याग्रह शुरु गर्ने चेतावनी दिनु भयो ।। यसैबिच आजैदेखि डाक्टर गजुरेललाई आङ्गिक प्राध्यापकको अध्यक्ष बनाइएको घोषणा पनि गरिएको छ ।
आङ्शिक प्राध्यापकले यसपटक दसैँ नमनाउने
त्रिभुवन विश्वविद्यालय अन्तरगतका सबै आंशिक प्राध्यापकले यो वर्षको दसैँ नमनाउने घोष्णा गरेका छन् । अहिले आन्दोलन र आमरण अनसनमा रहेका प्राध्यापकले चाडपर्ब मनाउन नसक्ने भएकाले सबै आन्दोलनमा होमिने र जुन दिन आन्दोलन सफल हुन्छ त्यही दिन टीका लगाउने घोषणा गरेका हुन् । तस्बीर उज्यालो

प्रकाशित मिति : ११ आश्विन २०७४ बुधबार ००:००  २ : १४ बजे