८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

“भ्वाइस् अफ कपिलबस्तु”मा अन्तिम टप ९ जना भिड्दै



भुपाल थापा, कपिलबस्तु, १३ असोज ।
जिल्लामा गायन प्रतिभाको खोजीलाई निरन्तरता दिंदै सबैभन्दा ठूलो गायन रियालिटि शो “भ्वाइस् अफ कपिलबस्तु”मा अन्तिम टप ९ जना प्रतियोगीहरु छानिएका छन् । शोका लागी जिल्ला भरिबाट ३४ जना सांगीतिक क्षेत्रमा रुचि राख्ने प्रतियोगीहरुलाई छनौट गरिएको थियो । सदरमुकाम स्थित पंक्षी प्रोडक्सन हाउस प्रा.लि.को सहकार्यमा यो रियालिटी शोको मिडिया पार्टनरका रुपमा नमस्ते टेलिभिजन, रेडियो परिवर्तन, उज्यालो खबर पत्रिका, बुटवल टुडे दैनिक पत्रिका र इमेज च्यानल रहेका छन् ।

जियोनि मोबाइल “भ्वाइस् अफ कपिलबस्तु” को आधिकारीक मोबाइल पार्टनर रहेको छ । संगीत क्षेत्रको लोक तथा आधुनिक बिधामा पछिल्लो समयमा उजागर भएका गायक दिपक भण्डारी, आधुनिक गायक संदिप दुवे र अवधी लोक गायक एस.के. सोनी प्रतियोगिताका निर्णायक रहेका छन् ।

“कलाको महत्व तव बुझिन्छ, जब कलाकारले कलालाई झल्काउछ” यहि मुल मन्त्रका साथ कपिलबस्तुका कुना काप्चामा रहेका नव प्रतिभाको खोजी गर्दै सांगीतिक क्षेत्रमा टेवा पुर्याउने उदेश्यले गत असार २१ गते शनिवारदेखि यो रियालिटी शोको सुरुवात भएको हो । यस जिल्लाका सगिंतिक क्षेत्रमा रुचि राख्ने र आफ्नो प्रतिभालाई देशैभरि पु¥याउने उद्धेश्यले शोको संचालन गरिएको आयोजक पंक्षी प्रोडक्सन हाउस प्रा.लि.का डाईरेक्टर गणेश श्रीवास्तवले बताउनुभयो ।

शो सुरु भएको दुइ महिना पश्चात १० जना प्रतियोगी मध्ये एक जनालाई वाइल्ड कार्ड इन्ट्रिबाट समावेश गरि कुल ११ जनाको प्रतिस्पर्धामा बुधबार २ जनालाई एनिमिनेसन गरि अब टप ९ जना भिड्दै छन् । वाइल्ड कार्ड इन्ट्रिबाट समावेश भएकी उर्मिला चौधरी सहित रोजिना थापा मगर, बिबेक ओझा, चाँदनी पाण्डे, रोहन गुप्ता, हेलिना खाँन, किशन लोप्चन तामाङ, इमोन थापा र पुर्णिमा जि.सि.ले रियाईलिटी गायन प्रतियोगितामा छनौट भएका छन् ।

जिल्लामा सांगितीक भबिष्य प्रयाप्त रहेकाले पनि यस किसिमको रियाईलिटी गायन प्रतियोगिता भ्वाईस् अफ कपिलवस्तुको आयोजना गरेको कार्यक्रमका संयोजक पंकज ओझाले बताउनुभयो ।

प्रकाशित मिति : १३ आश्विन २०७४ शुक्रबार ००:००  २ : १३ बजे