१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कांग्रेस सासंद भण्डारी भन्छन्, सीमान्तकृत र लोपोन्मुख जातिहरु घरबारविहीन हुने छैनन्



गुल्मी, १४ असोज (रासस) ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गुल्मी दरबार गाउँपालिका—१ बलिथुममा बसोबास गरिरहेका सीमान्तकृत बोटे माझी समुदायको हातबाट आज दशैँको टीका लगाउनुभएको छ ।
सो अवसरमा उहाँले बोटे माझी समुदायलाई पनि दशैँको टीका लगाइदिनुभएको हो । कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता भण्डारीले हुने र नहुने सबैको दशैँ भएकाले एउटा राजनीतिक नेतृत्वले जनतालाई अभिभावकत्व दिनुपर्छ भन्दै जनताको सुख र दुःखमा साथ दिएको बताउनुभयो ।
“अबको दुई वर्ष्भित्र जिल्लामा रहेका सीमान्तकृत र लोपोन्मुख जातिहरु घरबारविहीन हुने छैन्,” उहाँले भन्नुभयो, “उक्त माझी बस्तीमा ५० घर बनाउने कामको थालनी गरिएको छ ।”
सोही वडामा रहेका माझी प्राथमिक विद्यायलमा अध्ययनरत १०० भन्दा बढी बोटे माझी र कुमाल बालबालिकालाई दशैँको टीका दक्षिणाका साथै पोशाक र शैक्षिक सामग्रीसमेत नेता भण्डारीले वितरण गर्नुभयो ।

 

प्रकाशित मिति : १४ आश्विन २०७४ शनिबार ००:००  १० : २६ बजे