१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कपिलवस्तुका बृजेश गुप्ता सहित पाँच जना नेताले राजपा छाडे, सूर्य चिन्ह लिएर चुनाव लड्ने



मायादेवी अनलाइन, कपिलवस्तु, १६ साउन ।
राष्ट्रिय जनता पार्टी राजपाका प्रभावशाली पाँच जना नेताले पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेहरुमा राजपाका नेता बृजेशकुमार गुप्ता, अध्यक्ष मण्डलका सदस्यसमेत रहेका त्रिपाठी, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लाले पार्टी छाडेका हुन् ।
उनीहरुले ‘स्वतन्त्र राजनीतिक समूह गठन गरेर आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहभागी हुने भएका छन् ।
निर्वाचनमा उनीहरुले एमालेको चुनाव चिन्ह सूर्य प्रयोग गर्ने पक्का भएको छ । चुनावपछि उनीहरु एमाले प्रवेश गर्ने लगभग निश्चित भइसकेको छ । पार्टी परित्याग गर्नेहरु मध्ये बृजेश कुमार गुप्ता र इश्वर दयाल मिश्र कपिलवस्तुका हुन ।

प्रकाशित मिति : १६ आश्विन २०७४ सोमबार ००:००  २ : ३१ बजे