१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

शेर बहादुर देउवा भन्छन्, मधेसी जताको पार्टी कांग्रेस मात्र हो



रुपन्देही, १६ असोज ।
नेपाली काँग्रेसका सभापति एवंम् प्रधानमन्त्री शेरवहादुर देउवाले मधेशको जनताको भविश्य निमार्णका लागि प्रदेश र संघीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउनु पर्ने बताउनु भएको छ । रुपन्देहीको मझगाँवामा नेपाली कांग्रेस रुपन्देहीद्धारा सोमबार आयोजित आम सभा तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल र नेपालीको भविष्य निमार्णका लागि प्रदेश र संघिय निर्वाचन आबश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले प्रदेश र संघीय निर्वाचनमा नेपाली काग्रेसलाई बहुमत दिलाउन आग्रह गर्दै कांग्रेसले बहुमत पाएमा संबिधानको पूर्ण कार्यान्वयन हुने मधेशी जनताको हितका साथै लोकतन्त्रले पनि स्थायीत्व पाउने उल्लेख गर्नुभयो ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काग्रेसले देशमा भएका सबै राजनितिक परिवर्तन गरे जस्तै अब देशमा बिकासको परिवर्तन गर्ने दावि गर्नुभयो । उहाँले बिकासको सुरुवात रुपन्देहीको मर्चवारबाट गर्ने पनि उद्घोष गर्नुभयो । संबिधानको पुर्ण कार्यान्वयनका लागि नेपाली काँग्रेस अब मधेशी समुदाय सहित सबै बर्गको चाहाना अनुसार संबिधानलाई संसोधन मार्फत पुर्णता गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

महामन्त्री डा. शशांक कोईरालाले बिकासको पुर्णता दिने काम नेपाली काग्रेसले मात्रै गर्ने दावि गर्नुभयो । २०४६ साल यता मर्चवारमा नेपाली काग्रेसले जित्न नसकेका कारण मर्चवारको विकास हुन नसकेको बताउदै महामन्त्री कोईरालाले प्रान्त र संघिय निर्वाचनमा काग्रेसलाई बिजयी गराई बिकासको ढोको मर्चवारबाट खोल्न आग्रह गर्नु भयो ।

कार्यक्रममा संघिय समाजवादी फोरमका केन्द्रीय सदस्यद्वय वसिउद्धिन खाँ, फकरुद्धिन खाँ, फोरम लोकतान्त्रीकका बसिष्ठमणि त्रिपाठी, व्यवसायि प्रमोद यादव सहित सयौ नेपाली कागे्रसमा प्रबेश गरेका छन् । उनीहरुलाई पार्टी सभापति देउवा लगायतका नेताहरुले पार्टी प्रबेश गराउनु भएको थियो ।

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, पुर्ब अर्थराज्य मन्त्री भरत कुमार शाह लगाएतले बोल्दै नेपाली कांग्रेसलाई फेरी पनि पहिलो पार्टी बनाउन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १६ आश्विन २०७४ सोमबार ००:००  ३ : ४२ बजे