१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

एमाले नेता बामदेव गौतम पकडी आउँदै



मायादेवी अनलाइन, कपिलवस्तु, १७ असोज ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतम मङ्गलबार कपिलवस्तु आउँदै हुनुहुन्छ । प्रतिनिधी सभा क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर १ ले पकडीमा आयोजना गर्न लागेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नका लागि उपाध्यक्ष गौतम कपिलवस्तु आउन लाग्नुभएको एमाले कपिलवस्तुले जनाएको छ ।
उक्त कार्यक्रममा विभिन्न पार्टीबाट हजारौँ नेता तथा कार्यक्रम एमालेमा प्रवेश गर्ने एमालेले दाबी गरेको छ । आउँदो प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै एमालेले जिल्लाभर पार्टीको संगठनलाई मजबुत पार्दै लगेको छ ।
एमाले प्रति तराईका जनताको सहानुभुति भएकोले हजारौँ जनता एमालेमा प्रवेश गर्न थालेको पार्टीले जनाएको छ । उक्त कार्यक्रममा उपस्थित भैइदिन एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक, सुभचिन्तक सबैमा अनुरोध पनि गर्नुभएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७४ मंगलबार ००:००  २ : ३० बजे