१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कांग्रेस महामन्त्री कोइराला भन्छन्, आगामी चुनावमा माओवादी केन्द्रसँग मिलेर जान्छौ



रुपन्देही, १७ असोज ।
कांग्रेस महामन्त्री शशांक कोइरालाले कांगे्रसको सांगठनीक बिस्तार चुस्त नभएकोले आफ्नो मात्रै बलभुतामा चुनाव लड्न नसक्ने बताउनुभएको छ ।
भैरहवामा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले संगठन खस्किदै गएकोले कुनै पार्टीसँग मिलेर चुनाव लड्नु पर्ने राजनैतिक बाध्यता रहेको बताउनुभयो । त्यसका लागि माओवादी केन्द्रसँग मिलेर जाने निर्णय भएकोले दुई पार्टीबीच केन्द्रिय स्तरमा वार्ता चलिरहेको उहाँले बताउनुभयो ।
नेता कोइरालाले संबृद्ध राष्ट्र निमार्णका लागि कांग्रेसको बहुमतीय सरकारको आवश्यक रहेको बताउनुभयो । कांगे्रसको तीनवटा शक्तिमध्ये सिद्धान्त, इतिहास र कार्यकर्तालाई सँगसँगै लिएर गए कांग्रेस अग्रपंतिमा आउन सक्ने कोइरालाको दावी छ ।
स्थायीत्व, शान्ति, संवृद्धि तर्फ उन्मुख हुन दिर्घकालिन रुपमा लोकतन्त्रवादीहरु एकै ठाँउमा उभिनुपर्ने महामन्त्री कोइरालाको भनाइ थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७४ मंगलबार ००:००  २ : ३४ बजे