११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

क्षेत्र नं १ ठूला नेताको चुनावी थलो बन्ने संकेत



कपिलवस्तु, १८ असोज ।
मंसिरमा हुने प्रतिनिधी सभा र प्रदेश सभाका सदस्यको निर्वाचनमा कपिलवस्तुको क्षेत्र नं १ यसपाली ठुलादलका ठूला नेताहरुको चुनाव लड्ने आकांक्षाका कारण चुनाव आउनु भन्दा धेरै पहिलेवाटै चर्चामा आउन थालेकोछ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय राजीनामा दिएर संसदको निर्वाचन लड्न आउने अनलाईन पत्रिका मार्फत खुलाशा गरेसंगै उपाध्याय एकमै आउने धेरैले अनुमान गरेका छन् । यता उपाध्ययाले कांग्रेसका नेताहरूलाई जानकारी गराईसकेको र नेताहरूपनि स्वेच्छाले निर्णय गर्न भनिसकेको वताइएकोछ ।
उपाध्याय नेपाली कांग्रेसका केन्द्रिय नेता हुनुका साथै कपिलवस्तुमा लामो समयदेखि राजनीतिमा होमिदै आउनु भएकोछ । राजदूत उपाध्यायले राजीनामा गर्ने संकेत गर्दै ‘निर्वाचन लड्न आउन मेरा साथीभाईहरूको ठूलो आग्रह छ, म पनि राजनीतिक व्यक्तिनै हुँ,’ उहाले भन्नु भएकोछ । ‘तर जुन समयमा मैले राजदूतका रूपमा काम सम्हालेँ त्यो पनि ठूलो जिम्मेवारी थियो। अब त्यो जिम्मेवारीलाई मर्यादित रूपले अवतरण गरौं भन्ने सोंचमा छु उहाले वताउनु भएकोछ । कांग्रेसमा वर्तमान सांसद अत्तहर कमाल पनि सोही क्षेत्र कै आकांक्षीको रुपमा रहदै आउनु भएकोछ । विगतको क्षेत्र नं २ हालको क्षेत्र नं १ मा परेपछि कमाल प्रवल दावेदार मानिनु हुन्छ । पूर्व राज्यमन्त्री कमलेश शर्मा पनि यसपाली एक नम्वर क्षेत्रवाट प्रतिनिधी सभाको उम्मेदवारका लागि केन्द्रमा दौडधुप शुरु गरि सक्नु भएकोछ । युवा नेता युवराज केसी पनि एकको टिकट पाउनेमा विश्वस्त हुनुहुन्छ ।
त्यतिमात्र होइन कांग्रेसवाट दिपकुमार उपाध्याय प्रतिनिधी सभाका लागि उम्मेदवार नभएमा मिथिला शर्मा एककै प्रदेशमा उठ्ने चर्चा हुदै आएकोछ । एकको उत्तरी भेगको प्रदेशमा कांग्रेसवाट उम्मेदवार हुन चाहाने आकाक्षी धेरै रहेको यूवा नेता डोलकराम घिमिरे वताउनु हुन्छ । उहाले आफु स्वयम प्रदेशमा आकांक्षी रहेको वताउनु भयो । विमला गैरे ,पुरन चौधरी विष्णु थापा,विष्णु न्यौपाने,दुर्गा सेन र ललित गुरुङ्ग समेत संभावित आकांक्षी हुन् उहाले प्रष्टाउनु भयो ।
यता एमालेवाट केन्द्रिय नेता विष्णु पन्थीले क्षेत्रनं १ मा आफुले टिकट पाउने दाविका साथ अनौपचारीक दौदधुप नै शुरु गरि सक्नु भएकोछ । विद्यार्थी राजनितीवाटै केन्द्रिय कोषाध्यक्ष बन्नु भएका पन्थी राजनीति र कुटनैतिक क्षेत्रमा विशेष दखल राख्नु हुन्छ । उहाले जिल्लाका दक्षिणी भेगमा दैनिक भेटघाट तीव्र पार्नु भएकोछ । यस क्षेत्रका एमालेका वहालवाला सांसद वलराम अधिकारी पनि आफु अन्य क्षेत्रमा नजाने वताउदै यही क्षेत्रकै राजनीतिमा फेरीपनि कृयासिल हुने वताउनु भएकोछ । पार्टीले क्षेत्र नं १ वा एक कै प्रदेशमा टिकट दिनेमा उहाँ विश्वस्त हुनुहुन्छ । विगतमा दिपकुमार उपाध्यायलाई पराजित गरेकाले उहा प्रतिनिधी सभाका लागि एमालेको बलियो क्याडर मानिनु हुन्छ । एमालेवाटै समानुपातिकमा सांसद रहनु भएका विश्राम चौधरी यसपाली सकेसम्म क्षेत्र नं १ को प्रदेशमा उम्मेदवारी पाउने वताउदै त्यसो नभए क्षेत्र नं १वाट प्रतिनिधी सभामा पार्टीले आफुलाई टिकट दिनेमा विश्वस्त हुनु हुन्छ । थारु समुदायका बीच लोकप्रिय मानिनु हुने चौधरी प्रदेशवाट टिकट पाउदा जित्न सजिलो हुने आकलन गर्नेहरु रहेका छन् ।
एमालेवाट यूवा नेता डम्मर शर्मा पनि क्षेत्र नं १ को प्रदेशमा टिकट पाउनेमा विश्वस्त हुनुुहुन्छ । पार्टीले प्रतिनिधी सभाका लागि क्षेत्र नं १ वाट टिकट दिएपनि जीतेर देखाउने उहाको दाविछ । २० वर्षदेखि राजनीतिमा पूर्णकालिन भएपनि कुनै अवसर नपाएको नेताको रुपमा उहा प्रति कार्यकर्ताको सहानुभूती रहेको विष्लेषण हुदै आएकोछ । एमालेवाटै हिरालाल पौडेल समेत प्रतिनिधी सभामा आफुले टिकट पाउनुपर्ने मागका साथ केन्द्रिय नेतृत्वसंग भेटघाट शुरु गर्नु भएकोछ । यता क्षेत्र नं १को प्रदेशमा एमालेका नेता कृष्ण पौडेलले दौडधुप नै शुरु गर्नु भएकोछ । उहा पुरानो, परिपक्क तर अवसर नपाएको नेताको रुपमा मानिनु हुन्छ ।यता लामो समय देखि सामाजिक राजनीतिमा संलग्न रहनु भएका पोमनारायण पौडेल पनि प्रदेशवाट सांसदका लागि आफुले अभियान थाल्ने वताउदै पार्टीले यसपाली फ्रेस यूवालाई टिकट दिनु पर्ने वताउनुभयो ।
यता माओवादी केन्द्रवाट क्षेत्र नं १ मा विगतमा उम्मेदवार बन्नु भएका चन्द्र प्रकास खनाल वलदेव यसपाली उम्मेदवार नबन्ने प्रष्टाउनु भएकोछ । यसपाली माओवादी केन्द्रवाट क्षेत्र नं १ मा उम्मेदवार बन्नेमा वर्तमान सांसदको सार्वजनिक लेखा समितीका सभापति डोरप्रसाद उपाध्याय वा गिरीधारीलाल न्यौपाने मध्ये एक हुने पार्टी श्रोतको भनाइछ । माओवादीका जिल्ला इन्चार्ज भानु प्रकाश श्रेष्ठले उपाध्याय न्यौपानेले इच्छा ब्यक्त गरेमा उहाहरु नै प्राथमिकतामा पर्ने वताउनुभयो । तर हाल सम्म कुनै छलफल नचलेको उहाको भनाइछ । यो क्षेत्रको भौगोलिक संरचनाका आधारमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी हुन् । राजपा र संघिय फोरम दक्षिणी भेगमा मात्र प्रभाव रहेकाले क्षेत्रगत चुनावमा जितिहाल्ने अवस्थामा छैनन् ।

 

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  २ : २५ बजे