१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रचण्डलाई देउवाको दुई पटक प्रधानमन्त्री बन्न प्रस्ताव



काठमाडौं, असोज १८ ।
वाम गठबन्धनको अभियानलाई रोक्न नेपाली कांग्रेसले सक्दो प्रयास गरेको खुलासा भएको छ । एमाले र माओवादी केन्द्रबिच तालमेल र एकताको प्रयास हुन नदिन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दुई पटक प्रधानमन्त्री बन्न दिने प्रस्ताव अघि सारेको खुलासा भएको हो ।
आज नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव अघि नै देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न आग्रह गर्नुभएको बताउनुभयो ।
प्रचण्डले देउवासँग आउँदो चुनावमा ५०(५० प्रतिशत सिटको साझेदारी मागेपछि कुरा नमिलेको पनि उहाँले खुलासा गर्नुभयो । प्रचण्डको प्रस्तावप्रति देउवा सहमत नभएको र पार्टी्भित्र छलफल गरेर कुरा अगाडि बढाउने आश्वासन दिएको निधिको भनाई छ ।
निधिका अनुसार माओवादी केन्द्र र कांग्रेसले चुनावी तालमेल र सहकार्य गरेमा दुई तिहाई बहुमत आउने र त्यसपछिको सरकारको नेतृत्व पनि प्रचण्डलाई दिन देउवा तयार हुनुभएको थियो ।
मंगलबार एमाले, माओवादी र नयाँ शक्ति पार्टी्बिच एकता अभियानको घोषणा हुनु पहिले देउवा र प्रचण्डबिच पटकपटक छलफल भएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  १० : ४७ बजे