१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एजेण्डा मिल्ने सबै दलसँग कांग्रेसले चुनावी तालमेल गर्ने



काठमाडौं, असोज १८।
कांग्रेसले एजेण्डा मिल्ने दलसँग चुनावी तालमेल गर्ने बिषयमा छलफल अघि बढाउने भएको छ । त्यसका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताले अबको केही समय बालुवाटारमा बैठक बोलाएका छन् ।
बैठकमा राप्रपाका अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा, राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलगायतलाई बोलाइएको छ ।
बैठकमा प्रदेश र प्रतिनिधिसभा चुनावका लागि चुनावी तालमेल गर्ने विषयमा छलफल हुने पनि नेता निधिले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसले नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी्बिच भएको चुनावी तालमेलले संविधान कार्यान्वयनमा असर गर्ने ठहर गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कम्युनिष्ट पार्टीको तालमेलले आगामी चुनावी प्रक्रियामा पनि असर गर्ने ठहर गरेको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो । कांग्रेसले मंगलबार नै बाम गठबन्धनलाई अस्वभाविक भनेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  १० : ४८ बजे