११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

दाङ क्षेत्र नम्बर २ कालागि उमेद्वारहरुको नाम सिफारिस



दाङ १८ असौज ।
आगामी मंसीर २१ गते हुने प्रतिनीधीसभा तथा प्रदेश सभाको निर्वाचनकालागि नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का लागि उमेद्वारहरुको नाम सिफारिस गरिएको छ । साविक क्षेत्र नम्बर २ र ३ ले संयुक्त रुपमा नाम सिफरिस गरेका हुन् ।

प्रतिनीधी सभा सदस्यमा प्रत्यक्ष तर्फ ३ जनाको नाम सिफरिस भएको छ । जसमा सांसदहरु राजु खनाल र अनिता देवकोटा एवं कांग्रेस दाङ निवर्तमान जिल्ला सभापति घनश्याम रेग्मीको नाम सिफरिस भएको छ ।

यस्तै प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र नम्बर २ (क) मा प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस भएको छ । जसमा पार्टि जिल्ला पूर्व सभापति विरकेशरी गौतम सहित खगराज पाण्डे, गिरिराज सुवेदी, गोपालराज शर्मा कृष्णप्रसाद सुवेदी र मोहन घिमीरे र दामोदर केसी रहनुभएको छ ।

प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस भएको छ । जसमा भरतबहादुर न्यौपाने, श्याम रेग्मी, दिपक पाण्डे, हरि रजौरिया र कुमुदराज शर्माको रहनुभएको छ ।

क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले उमेद्वारका आकांक्षीहरुको नाम सिफरिस गरेको क्षत्रीय सचिव बद्रिकुमार खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ आश्विन २०७४ बुधबार ००:००  ११ : १४ बजे