१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कर्मचारी खोज्दै जनप्रतिनिधी, बजेट पाए तर कर्मचारी आएनन



सलिम अन्सारी, प्यूठान, १९ असोज ।
स्थानीय तहमा निर्वा्चित जनप्रतिनिधीले काम थालेको तिन महिना बित्यो । गाउँ तथा नगरसभा र समन्वय समितीको निर्वाचन समेत भइसक्यो । सिंहदरवारको अधिकार नागरिकको घर आँगनमै पुग्यो तर स्थानीय तहमा कर्मचारीको खडेरी भने उस्तै छ । जसका कारण नियमित कामकाज प्रभावित भएका छन । जिल्लाका लगभग सवैजसो स्थानीय तहमा कर्मचारीको अभाव छ ।
दुइ नगरपालिका सहित नौ स्थानीय तह रहेको प्यूठानका सवैजसो तहमा आवाश्यक कर्मचारी नहँुदा दैनिक प्रशासकीय काम प्रभावित भएका छन । स्थानीय तहमा चुनिएका जनप्रतिनिधीले प्रयाप्त भौतिक संरचना र कर्मचारीको व्यवस्थापन हुन नसक्दा आफनो क्षेत्रको कार्यसम्पादनमा समस्या भएको बताए । सिंहदरवार र जिल्ला सदरमुकामबाट पाउँदै आएका सेवा सुविधालाई जनताको घरआँगनमा पु¥याउने भने पनि भौतिक संरचना र कर्मचारीको अभावमा जनप्रतिनिधीहरुलाई सेवाप्रवाहमा चुनौती थपिएको हो ।
स्थानीय तहको निर्वाचन सकिएको झण्डै तीन महिना बितिसक्दा पनि कार्यालयमा कर्मचारी व्यावस्थापन हुन नसक्दा सेवाग्राहीलाई सेवा प्रदान गर्ने र बिकास निर्माणका कार्यलाई अगाडि बढाउन समेत समस्या भएको जनप्रतिनिधीहरुको गुनासो छ ।
दुई नगरपालिका सहित नौ स्थानीय तह रहेको प्यूठानका सवैजसो तहमा आवश्यक कर्मचारी नहँुदा दैनिक प्रशासकीय काम प्रभावित भएका छन । स्थानीय तहमा चुनिएका जनप्रतिनिधीले प्रयाप्त भौतिक संरचना र कर्मचारीको व्यावस्थापन हुन नसक्दा आफनो क्षेत्रको कार्यसम्पादनमा समस्या भएको बताए । सिंहदरवार र जिल्ला सदरमुकामबाट पाउँदै आएका सेवा सुविधालाई जनताको घरआंगनमा पु¥याउने भने पनि भौतिक संरचना र कर्मचारीको अभावमा जनप्रतिनिधीहरुलाई सेवाप्रवाहमा चुनौती थपिएको हो ।
स्थानीय तहको निर्वाचन सकिएको झण्डै तीन महिना बितिसक्दा पनि कार्यालयमा कर्मचारी व्यावस्थापन हुन नसक्दा सेवाग्राहीलाइ सेवा प्रदान गर्ने र बिकास निर्माणका कार्यलाइ अगाडि बढाउन समेत समस्या भएको जनप्रतिनिधीहरुको गुनासो कर्मचारीको अभाव र जनप्रतिनिधीको अधिकार प्रत्यायोजनका बिषयमा अन्योल हुँदा जिल्लाका स्थानीय तहका जनप्रतिनिधीहरुले तीन महिनाको यो समय अवधिलाइ सम्मान ग्रहण, औपचारिक कार्यक्रम र बजेट बिनीयोजन लगायतका सिमीत काममा नै खर्च गरेका छन । स्थानीय तहमा खासै उपलव्धीमूलक काम हुन नसकेको सर्वसाधारणहरुको भनाइ छ ।
कर्मचारी अभावको कारण देखाउँदै जती काम हुनुपथ्र्यो त्यती काम हुन नसकेको स्वय्म जनप्रतिनिधीहरुले समेत स्विकार गरेका छन । थोरै श्रोतसाधनका बाबजुत पनि जनताको सेवामा खटिरहेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले बताउनुहुन्छ । बिषयगत कर्मचारी बाहेक गाउँपालिकामा ९ जना कर्मचारी हुनुपर्नेमा कार्यालय सहयोगी सहित जम्मा चार जना कर्मचारीमात्र भएकोले काम गर्न समस्या भएको गिरीले बताउनुभयो ।
कार्यालय व्यवस्थापन हुन नसक्दा बिषयगत कर्मचारी गाउँपालिकामा आउन नसकेको उहाको भनाइ छ । कर्मचारीले आवश्यक सहयोग नगर्दा झन समस्या भएको गिरिले बताउनुभयो । न त कर्मचारी नै छ न त कार्यालय सँचालन गर्ने भवन नै छ, गिरीले भन्नुभयो ।
जनप्रतिनिधिबाट हुन सक्ने र प्राप्त अधिकारलाई सदुपयोग गर्ने काम मात्र तीन महिनाको अबधिमा भएको जनप्रतिनिधीहरुको भनाइ छ । कर्मचारीको अभाव हुँदा स्थानीय तह अस्तव्यस्त हुनुका साथै बिकास निर्माण सहितका ठूला आयोजनाहरुलाई अगाडि बढाउन नसकिएको स्वर्गद्धारी नगरपालिका प्रमुख नेत्र बहादुर रोकाले बताउनुभयो । कर्मचारी नहँुदा समस्या भएको छ, उहाले भन्नुभयो योजना कार्यान्वयनका काम अलपत्र परेका छन ।
जनताको ठूलो अपेक्षा छ, चुनावमा घरमै पुगेर दिइएका आश्वासन पुरा गर्नुपर्ने छ, रोकाले भन्नुभयो । उहाँले आफुहरुलाई सुबिधा नचाहिएको तर जनताको काम गर्न तत्काल कर्मचारी खटाइदिन आग्रह गर्नुभयो । कर्मचारीको अभावका कारण स्थानीय तहमा आएको बजेट पनि फ्रिज भएर जाने हो कि भन्ने चिन्ता जनप्रतिनिधिहरुमा छ ।

प्रकाशित मिति : १९ आश्विन २०७४ बिहिबार ००:००  १ : ३५ बजे