१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

(एमाले) द्धारा प्रतिनिधीसभा र प्रदेशसभाको उम्मेदवारको नाम सिफारिस (नामावली सहित)



दिपक अनुरागी, कपिलवस्तु, २० असोज ।
नेकपा (एमाले) कपिलवस्तुले प्रदेश र संघको निर्वाचनमा उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । कपिलवस्तुमा प्रतिनिधी सभातर्फ ३ र प्रदेशसभा तर्फ ६ निर्वाचन क्षेत्र कायम छन् ।
प्रतिनिधी सभा तर्फ ३ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ ६ निर्वाचन क्षेत्रमा जिल्ला कमिटि कपिलवस्तुले उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्बर १ मा ५ जनाको नाम सिफारिस गरिएको छ । जसमा सांसद बलराम अधिकारी, विष्णु पन्थी, हिरालाल पौडेल र शारदा पोख्रेल रहेका छन् ।
प्रतिनिधी सभाको २ नम्बर निर्वाचन क्षेत्रमा बृजेश कुमार गुप्ताको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ । गुप्ता राजपा परित्याग गरि एमालेको सूर्य चिह्नमा चुनाव लड्दैछ छन् ।
त्यस्तै प्रतिनिधी सभा तर्फको ३ नम्बर निर्वाचन क्षेत्रमा क्षेत्रबहादुर खत्री, अहमद अब्दुल रउफ, महादेव पोख्रेल, शुशीला खनाल र निशा विश्वकर्मा रहेका छन् ।
कपिलवस्तुको प्रदेश सभातर्फको निर्वाचन क्षेत्र नम्बर १ मा कृष्ण पौडेल, जञ्जिर प्रसाद थारु, डम्मर शर्मा, सासंद विश्राम थारु र महिला नेत्रृ शारदा पोख्रेलको नाम सिफारिस गरिएको छ ।
त्यस्तै प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर २ मा पनि ५ जनाको नाम सिफारिस भएको छ । जसमा अजिजुर रहमान शेष, अर्सराद अहमद खाँ, जगन्नाथ कुर्मी चौधरी, फैजल खाँ र रामनयन यादव रहनुभएको छ ।
प्रदेश सभा सदस्य तर्फ निर्वाचन क्षेत्र नम्बर ३ मा दीर्घनारायण पाण्डेको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ । प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर ४ मा केही सयम पछि नाम सिफारिस गरिनेछ ।
त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ५ मा अर्जुन केसी, लंक बहादुर हमाल र हुमा पौडेलको नाम प्रदेश सासंदको लागि सिफारिस भएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर ६ मा एकल नाम सिफारिस गरिएको छ । जसमा मिर्जा अर्रसद बेगको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख एलपी बेल्वासेले जानकारी दिनुभएको छ । नेकपा एमाले कपिलवस्तुको प्रदेश निर्वाचन समन्वय समितिबाट सम्भावित उम्मेदवारको नाम सुझावको रुपमा संकलन गरी जिल्ला कमिटिले प्रदेश कमिटिलाई पेश गर्ने बताइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७४ शुक्रबार ००:००  २ : ०२ बजे