१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रतिनिधिसभाका लागि उपाध्याय सर्वसम्मत हुन सकेनन्, कमाल र शर्माले दिए चुनौती



मायादेवी अनलाइन, कपिलवस्तु, २१ असोज ।
भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरिएको छ । नेपाली कांग्रेस कपिलवस्तुले उपाध्यायको नाम सिफारिस गरेको हो । तर उनको नाम सर्वसम्मत भने सिफारिस हुन सकेन ।

उपाध्याय संगै सांसद अतहर कमाल र पुर्व राज्यमन्त्री कमलेश कुमार शर्माको नाम पनि सिफारिस गरि पठाईएकोछ । उपाध्यायले राजदुत पदबाट राजिनामा दिई यसै साता जिल्ला आउने पारिवारिक स्रोत बताउँछ । कमालले गत संविधानसभा निर्वाचनमा कांग्रेसको बागि उम्मेद्वारबाट सभासद जितेका थिए । त्यस पछि कांग्रेसले कार्रबाहि गरेको थियो तर केपिओली प्रधानमन्त्रीमा चुनाव लड्ने बेला संसदमा भोटका लागि तत्कालिन कांग्रेस सभापति शुसील कोइरालाले पार्टीमा कार्रबाहि फुकुवा गरेपछि फर्काएका थिए ।

त्यस्तै क्षेत्र नं. २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि पुर्व राज्यमन्त्री सुरेन्द्रराज आचार्यको नाम सिफारिस भएकोछ । पार्टी जिल्ला सभापति तथा सांसद रहेका उनको एकल नाम सिफारिस भएको छ । समानुपातिक तर्फ क्षेत्र नं. १ मा ७, क्षेत्र नं. २ मा ३ र क्षेत्र नं. ३ मा ५ जनाको नाम सिफारिस भई आएको कांग्रेस जिल्ला सदस्य प्रकाश घिमिरेले बताए । उक्त नामहरु गाउ, नगर र क्षेत्र हुँदै जिल्ला सिफारिस भएको हो ।

क्षेत्र नं. ३ मा अन्यौलःक्षेत्र नं. ३ मा भने कांग्रेस उम्मेदवार को हुने भन्नेमा केन्द्रले निर्णय लिने बताईएकोछ । गाउँ र क्षेत्रबाट वीरेन्द्रकुमार कानौडियाको नाम सिफारिस आएपनि अन्तिम समयमा उनी पछि परेका छन् ।

संघिय समाजबादी फोरम परित्याग गरि आएका सासंद अभिषेकप्रताप शाह टिकट पाउने आश्वसनले कांग्रेस प्रवेश गर्ने बताईएकोछ । तर विहिवार बहादुरगंजमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितीमा आयोजना हुने कार्यक्रममा उनी कांग्रेस प्रवेश गर्ने कार्यक्रम थियो । ‘वर्तमान राजनितिक अवस्थाका कारण प्रम आउन सकेनन् । क्षेत्रबाट नाम सिफारिस आउने विहिवार अन्तिम समयसिमा हो ’ कांग्रेस सभापति सुरेन्द्रराज आचार्यले भने । तर सभासद् शाह कांग्र्रेस प्रवेश गरेका छैनन् । ‘ प्राविधिक समस्या प¥यो ’ उनले भने‘ यसको जिम्मा केन्द्रलाई दिन्छौं उतैबाट टुगिन्छ ’ उनले भने ।

टिकट नपाउने भएपछि क्षेत्र नं. ३ का आकांक्षी वीरेन्द्रकुमार कानौडियाले एमालेसंग संवाद अघि बढाएका छन् । उता कांग्रेस प्रवेशका लागि उपयुक्त समय खोजीमा रहेको सांसद शाह भने पार्टी प्रवेशसंगै आफनो विजय सुनिश्चित भएको दाबी गर्छन् ।
क्षेत्रीय समितिबाट आएका सबै नामहरु जिल्ला समितिले शुक्रबार अनुमोदन गरेको छ । ती सबै नामावली लिएर पार्टी सभापति आचार्य शुक्रवार काठमाण्डौ गएका छन । दलहरुको गठबन्धन र तालमेलले गर्दा अहिलेको परिस्थितिमा केन्द्रले नै टिटको अन्तिम टुंगो लगाउने आचार्यले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०७४ शनिबार ००:००  १ : ४९ बजे