८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पाल्पामा कांग्रेस र एमालेले टुङ्ग्याए उम्मेदवारको नामावली



पाल्पा, २१ असोज ।
आगामी मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि पाल्पामा नेपाली काग्रेस र नेकपा एमालेले उम्मेद्वारको नाम छनौट गरेर केन्द्रमा सिफारिस गरेका छन् ।
नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर रानाका अनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ विजयराज घिमिरे, कृष्णप्रसाद अधिकारी, विष्णुमाया ढकालको नाम सिफारि गरिएको छ । समानुपातिक तर्फ भने एक मात्र उम्मेदवार सन्दिप रानाको नाम सिफारिस भएको छ ।
प्रदेश सभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ को १ बाट एकजना मात्र देवराज ढकालको नाम सिफारिस भएको छ । ढकाल वर्तमान जिल्ला उपसभापति हुनुहुन्छ ।
प्रदेश सभाको समानुपातिक तर्फ ज्ञानबहादुर गाहा, नेत्रप्रसाद भट्टराई र रुपा विकको नाम सिफारिस भएको छ ।
प्रदेश सभाको २ नम्बर क्षेत्रमा प्रत्यक्षतर्फ दानबहादुर पछाई, शंकर खनाल र विजया भट्टराईको नाम सिफारिस भएको नेपाली काग्रेस पाल्पाले जनाएको छ ।
समानुपातिक तर्फ विष्णु कुमार थापा, कृष्ण भट्टराई, डिल्लीराज रेग्मीको नाम सिफारिस भएको छ ।
प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ क्षेत्र नम्बर २ मा हरिप्रसाद नेपाल, राजन प्रसाद पन्त, विरबहादुर राना र डा.रामप्रसाद ज्ञवालीको नाम सिफारिस भएको छ ।
समानुपातिक तर्फ विधान श्रेष्ठ, वसन्ती घिमिरे, जमिला मिया, शोभा शाक्य, शान्ता बोहोरा, अम्बिका पौडेल, शारदा नेपालको नाम सिफारिस भएको छ ।
प्रत्यक्ष तर्फ क्षेत्र नम्बर २ को १ बाट सुनिता अधिकारी, यमलाल तिमिल्सेना, माधव नेपाल, रामेश्वर पन्थी, हिमालदत्त श्रेष्ठ, सरश्वती बस्याल, रमा पन्त र प्रदीप उदयको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ २० जनाको नाम सिफारिस भएको छ । त्यस्तै क्षेत्र नम्बर २ को २ नम्बरमा प्रत्यक्षतर्फ २४जनाको नाम कांग्रेस पाल्पा केन्द्रमा पठाएको छ ।

एमालेबाट को को ?
त्यसैगरी नेकपा एमाले पाल्पाले प्रतिनिधि सभाको लागि पाल्पा क्षेत्र न. १ बाट प्रत्यक्ष उम्मेदवारमा दलबहादुर रानाको नाम सिफारिस गरेको छ । राना एमाले केन्द्रिय सदस्य एवं पूर्व भुमिसुधार मन्त्री हुनुहुन्छ ।
पाल्पा क्षेत्र न. २ बाट सोमप्रसाद पाण्डेय, ठाकुर गैरे, धनेन्द्रराज घिमिरे, यादव बहादुर रायमाझी र गणेश बस्यालको नाम प्रत्यक्षमा सिफारिस गरेको छ ।
समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस गरेको एमाले पाल्पाका अध्यक्ष नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो ।
प्रदेश सभा चुनावको प्रत्यक्षतर्फ प्रदेश नं १ मा ८ जनाको नाम सिफारिस गरेको छ । त्यस्तै पाल्पाको प्रदेश सभाको क्षेत्र नम्बर ३ को लागि ९ जनाको नाम सिफारिस भएको एमाले पाल्पाले जनाएको छ ।
क्षेत्र नम्बर ४ बाट १० जनाको नाम शिफारिस भएको छ । त्यसैगरी समानुपातिक तर्फ पनि १० को नाम सिफारिस गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७४ शनिबार ००:००  २ : १० बजे