१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नयाँ शक्ति पार्टी कपिलवस्तुद्धारा उम्मेद्वार चयन (नामावली सहित)



सरिता थारु, कपिलवस्तु, २२ असोज ।
नया शक्ति पार्टी नेपाल कपिलवस्तुको छैठौ जिल्ला सचिवालयको बैठकले मंसिर २१ गते हुने भनिएको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ ।

जसमा प्रतिनिधीसभा प्रत्यक्ष तर्फ क्षेत्र नं. १ मा प्रदेश संयोजक दानबहादुर चौधरी र राम लौटन तिवारी, क्षेत्र नं. २ मा इन्द्रमणी पौडेल र क्षेत्र नं. ३ मा इलियास मुसलमानलाई उम्मेदवार बनाउने निणर्य गरेको छ ।

त्यसैगरी प्रदेशसभा तर्फ क्षेत्र नं. १ को १ मा मेघनाथ पौडेल र २ मा सुरेन्द्र तिवारी, क्षेत्र नं. २ को १ मा सन्तोष पाण्डे, २ मा राजेन्द्रमणी पाठक, क्षेत्र नं. ३ को १ मा मसहुद खां नेपाली, २ मा देव बहादुर भुषाललाई सिफारीस गरिएको छ ।

त्यसैगरी प्रतिनिधीसभाको समानुपातिक तर्फ जिल्ला संयोजक नारायण खनाल, विष्णुहरी शर्मा, अब्दुल मोबिन मुसलमान, कुञ्ज विहारी चौधरी र मोहम्मद तौफिक खाँको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ ।

यता प्रदेश सभाको समानुपातिक तर्फ क्षेत्र नं. १ मा चोपलाल राहुल, इन्द्रमणी चौधरी र विन्द्रावती तिवारीको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेनं. २ तर्फ आत्माराम पौडेल र छविलाल हरिजन, क्षेत्र नं. ३ तर्फ मोहम्मद इस्हाक र मुकुट यादवको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको जिल्ला सचिवालय सदस्य मेघनाथ पौडेलले जानकारी दिनुभएको छ ।

यसैविच सम्पन्न सचिवालयको बैठकले नेकपा एमाले, माओवादी केन्द्र र नया शक्ति पार्टी नेपाल विच भएको चुनावी तालमेत तथा पार्टी एकताको प्रसंग जनाताको राजनीतिक स्थायीत्व, शान्ति, चाहाना र समृद्धीको मनोभावनाको उच्च सम्मान गरेको ठहर गरेको छ । साथै यो निणर्यलाई भव्य र शानदार रुपमा स्वागत समेत गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७४ आइतबार ००:००  २ : १६ बजे