१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

वाम तालमेल र एकता स्वागतयोग्य -एमाले उपाध्यक्ष खनाल



उज्ज्वल अधिकारी, २२ कपिलवस्तु ।
चाडपर्वको सांस्कृतिक र धार्मिक पक्षको जगेर्ना संगै समाजमा रहेका विकृत संस्कारहरुको अन्त्य गर्नुपर्नेमा अनेरास्ववियु कपिलवस्तुको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन ।

बुद्धभुमी नगरपालिका स्थित इमिलियामा नेपालीहरुका महान पर्व विजया दशमी, शुभदिपावली, मोहर्रम तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानका लागी कार्यक्रम आयोजना गरीएको थियो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय स्कुल विभाग सदस्य बिमला घिमिरेले महान पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सम्पुर्ण विद्यार्थीहरुलाई संगठित रुपमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रमका नेकपा एमाले जिल्ला उपाध्यक्ष बाबुराम खनालले हरेक चाडपर्वहरुको सामाजिक पक्ष सबल भएको र सबै चाडहरुले समाजिक सदभाव वृद्घिमा टेवा पु¥याउनेमा जोड दिनुभयो । उहांले केन्द्रमा भइराखेको वाम तालमेल र एकता स्वागत योग्य रहेको भन्दै यसलाइ तार्किक निष्कर्षमा पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

उक्त अवसरमा अनेरास्ववियु केन्द्रिय सदस्य टुकलाल गैरे, अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटि सदस्य उज्ज्वल अधिकारीले अनेरास्ववियुको शैक्षिक आन्दोलन र कार्यदिशाको बारेमा चर्चा गर्नुभयो । अनेरास्ववियु जिल्ला संयोजक विकास आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बाबुराम अर्यालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७४ आइतबार ००:००  २ : २२ बजे