११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

प्रथम नगर सभापछि स्थानिय तहमा बिकासका कामले गति लिदै



कपिलवस्तु २५ असोज ।
कपिलवस्तुका स्थानीय तहमा नगरसभा भए देखि बिकास निमार्णका कामहरुले बिशेष चर्चा पाउन थालेका छन् । कतिपय कामहरु सुचारु भएका छन् भने कतिपय कामको प्रकृया अघि बढेको छ ।
यसैबिच वाणगगा नगरपालिकाले प्रथम नगर सभापछि हरेक बडा स्तर बाट बिकास निर्माणका कामहरु सञ्चालनमा ल्याएको छ । विगतमा कर्मचारीकै भरमा स्थानीय निकायको काम भएकोमा स्थानीय तहको निर्वाचन पछि सरकारको रुपमा रहेका कपिलवस्तुका स्थानीय तहले गाउँ तथा नगरसभा मार्फत आफना कार्यक्रम सार्वजनिक गरेका छन् ।

नगरसभा पश्चात नगरपालिकाहरुले बिभिन्न बिकास निर्माणका एजेण्डा अगाडि सारेको वाणगगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले बताउनु भयो । उहाले प्रत्येक बडामा १ –१ करोड बजेट छुटाईएको , नगरपालिकाको आफनै भवन निर्माण गर्न लागेको, प्रत्येक बडामा १ किलोमिटर बाटो कालो पत्रे गर्ने लगायतका कामहरुकोसुरु भईरहेको जनाउनु भयो । त्यस्तै कर्मचारीको अभावले गर्दा काममा धेरै चाप भएकोले यो समस्या पनि चाडै समाधान गरिने थारुको भनाई छ ।

त्यस्तै वाणगगा नगरपालिकालाई नमुना नगरपालिका बनाउन आफुहरु कुनै पनि कार्यमा नचुक्ने वाणगगा नगरपालिकाका उपप्रमुख चक्रपाणि अर्यालले बताउनु भएको छ । उहाले अब यस नगरले चाडै नै काचुँली फेर्ने विश्वास ब्यक्त गर्नु भयो । हिजोको काम गर्ने शैलिलाई परिवर्तन गर्दै अब नया तरिकाले यस नगरको बिकास गर्ने अर्यालले बताउनु भयो ।

त्यस्तै वाणगगा नगरपालिकाका कार्यकारी अधिकृत तुलसी मरासिनिले नगरपालिकामा राजनिति भन्दा माथि उठेर सम्पुर्ण नगरबासीको हक र हितमा जनप्रतिनिधि लाग्ने अबसर आएको बताउनु भयो ।उहाले पार्टिगत स्वार्थले बिकास निर्माणमा खिचातानि नहुने बताउनु भएको छ ।
नगरपालिकाले यसवर्ष भौतिक निर्माण तर्फ भवन, सडक, खानेपानी, सिंचाई, नदीनियन्त्रण, शिक्षा, र स्वास्थ्य क्षेत्रमा बिशेष काम गर्दै छ । त्यसै गरि कृषि कार्यक्रम, पशु पंछि प्रबद्धन र लक्षित समुदाय केन्द्रित योजना अगाडि सारेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७४ बुधबार ००:००  ३ : ३५ बजे