३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

बुद्धभुमिमा सात ठुला पूर्वाधारका आयोजना निर्माण हुँदै



मायादेवी अनलाइन, कपिलवस्तु, १ कार्तिक ।
बुद्धभुमि नपाका मेयर केशव कुमार श्रेष्ठले नगरपालिका भित्र सात वटा ठुला पूर्वाधारका आयोजना निर्माण हुन लागेको बताउनुभएको छ । मङ्गलबार नगर परिषरमै पत्रकार संग अन्तरक्रिया कार्यक्रम आयोजना गरि मेयर श्रेष्ठले जनताले अनूभुति गर्ने गरि ठुला पूर्वाधार बन्न लागेको जानकारी दिनुभएको हो ।
नगरपालिकालाई अबको केहि बर्षमा शिक्षा, स्वास्थ्य र बाटोघाटोमा अरु नगरपालिकाको तुलनामा उत्कृष्ट बनाउने गरि आफुहरु अगाडी बढेको बताउनुभयो ।
अब देखि हरेक महिनाको अन्तिम हप्ता पत्रकार समक्ष आफुले गरेका कामको बारेमा जानकारी गराउने र सुझाव लिने गरि अन्र्तर संवाद कार्यक्रम गर्ने उहाले बताउनुभयो ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले नगरपालिकाले गर्ने राम्रा काममा पत्रकारको सबै साथ र सहयोग रहने बताउनुभयो । नागरिकलाई विकासको अनुभुती हुने गरि नगरपालिकाले काम गर्नुपर्नेमा उहाले जोडदिनुभयो ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलाराम भुषाल, सचिव हरी अधिकारी, किरणमान ब्रजाचार्य, नन्दराम पौडेल लगायत जिल्लाका दर्जन बढी पत्रकारको उपस्थिती रहेको उक्त कार्यक्रममा बुद्धभुमिले पत्रकार समक्ष आफुले गरेका कामको बारेमा जानकारी गराई राम्रो कामको शुरुवात गरेको बताएका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७४ बुधबार ००:००  १ : २९ बजे