१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मधेसका प्रभावशाली नेता भन्छन्, “तराईको विकासमा एमालेको भुमिका अरु पार्टीको भन्दा बढी”



सरीता थारु, कपिलवस्तु, २ कार्तिक ।
नेकपा एमालेले जति तराई मधेसको विकासमा अरु पार्टीले योगदान दिन नसकेको प्रभावशाली नेताहरुले तर्क राखेका छन् । एमाले कृष्णनगर नगर कमिटीले राखेको शुभ दीपावली तथा छट पर्वको अवसरमा राखिएको शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रभावशाली नेताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै एमाले प्रदेश नम्बर ५ का सदस्य क्षेत्र बहादुर खत्रीले एमाले प्रति तराईका जनता सधै सकारात्मक रहेको बताउनुभयो । केहि क्षेत्रीयता र जातीयता नारा लिएर अगाडी बढेका दलले एमाले प्रति भ्रम छरेको भन्दै त्यसलाई सबै मिलेर चिर्नुपर्ने बताउनुभयो ।

यस्तै एमालेका नेता तथा प्रदेश निर्वाचन क्षेत्र नम्बर ६ का उम्मेद्वार मिर्जा अशरद बेगले तराई केन्द्रित दलहरुले मधेसी जनतामा छरेको भ्रमलाई चिर्न जरुरी रहेको बताउनुभयो । एमालेले जति मधेसको विकासमा कुनै दलले योगदान नदिएको भन्दै नेता वेगले सबै एकजुट भई तराई मधेसको समृद्धिको लागि एमालेलाई जिताउनु लाग्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वराज्य मन्त्री तथा मधेसका प्रभावशाली नेता इश्वर दयाल मिश्राले आफुहरु आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सूर्य चिह्न लिएर चुनाव लड्न लागेको बताउनुभयो । पटक पटक मधेसी दलले चुनाव जितेपनि तराईको विकास हुन नसकेको भन्दै राष्ट्रीय पार्टीमा संग्लन भई चुनाव लड्न लागेको बताउनुभयो । आगामी चुनावमा एमालेलाई भारी मतले जिताउन उहाले सबैमा आग्रह गर्नुभयो ।

एमाले कृष्णनगर नगरकमिटी अध्यक्ष अन्नत घिमिरेको अध्यक्षता र लक्ष्मण भुसालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य शुसील कुमार श्रीवास्तव, एमाले जिल्ला सदस्य मिना परियार, एमाले नेता महादेव पोखे्रल लगायतले बोल्नुभएको थियो । उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरि दजनौ एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७४ बिहिबार ००:००  २ : ०२ बजे