१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

वरिष्ठ नेता पौडेलद्वारा नेपाल संवत् र तिहारको शुभकामना



काठमाडौँ, ३ कात्तिक ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल संवत् ११३८ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र प्रगतिको कामना गर्नुभएको छ ।
आज जारी शुभकामना सन्देशमा उहाँले नेपालको आफ्नै मौलिक संवत्कारूपमा रहेको यस संवत्ले नेपाली–नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, एकता र मेलमिलापको भावना अभिवृद्धिमा योगदान दिने उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा शुभ दीपावली २०७४ को अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति र प्रगतिको कामना गर्दै यस पर्वले आपसी मित्रता, मेलमिलाप, सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई समेत मजबुत बनाउँदै देश विकासमा समेत एकताबद्ध भएर लाग्न प्रेरणा दिने बताइएको छ । (रासस)

प्रकाशित मिति : ३ कार्तिक २०७४ शुक्रबार ००:००  १० : ०८ बजे