६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

तालमेलसगँ नडराउन प्रधानमन्त्रीलाई ज्ञवालीको आग्रह



शिवलाल सुवेदी, गुल्मी ७ कात्तिक ।
नेकपा एमालेका केन्द्रिय सचिव प्रदीप ज्ञवालीले वाम तालमेलसगँ नडराउन प्रधानमन्त्रीलाई आग्रह गर्नु भएको छ । प्रचार बिभाग र प्रेस चौतारी नेपाल गुल्मीले आज सदरमुकाम तम्घासमा अयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले वाम तालमेलप्रति नडराउन प्रधानमन्त्रीलाई आग्रह गर्नु भएको हो ।

अहिले वामपन्थी शक्तिहरु बिच चुनावी तालमेल मात्र नभएर पाटी एकताको प्रक्रृया अगाडि बढेकाले कांग्रेसका सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तालमेलसगँ डराएर बिभिन्न अभिब्यत्ति दिईरहेको बताउनु भयो ।

प्रधानमन्त्रीले वाम गठबन्धनको बिषयमा बिभिन्न टिकाटिप्पणीहरु गर्नुभएको छ नेता ज्ञवालीले भन्नुभयो‘ उहाँलाई म आग्रह र स्पष्ट पार्न चाहान्छु , यो चुनावी गठबन्धन मात्र नभएर पाटी एकीकरणको काम शुरु भएको छ ।’

उहाले एउटै वामपन्थीहरुको पाटी निमार्ण गर्ने तयारी भैरहेकाले वाम एकतावाट कुनै पनि शक्ति अतालिनु पर्ने कुनै पनि कारण नभएको स्पष्ट जार्नु भयो ।

उहाले माओवादी केन्द्रसगँ सरकार निमार्ण गर्ने देखि स्थानीय तह निर्वाचनमा काग्रेसले तालमेल गर्दा अधिनायकवाद नहुने तर एमालेसगँ चुनावी तालमेल गर्दा अधिनायकवाद हुने भन्दै प्रश्न समेत गर्नु भयो ।
मनोनयन दर्ता गर्ने क्रममा केही स्थानहरुमा तालमेलमा समस्याहरु देखिए नी भन्ने पत्रकारहरुको जिज्ञाशामा नेता ज्ञवालीले पाटीको हित भन्दा ब्यक्ति हित नहुने भन्दै एक्लै चुनावी मैदानमा जादाँ पनि आकाक्षीहरु धेरै भएपछि केही समस्या देखा परेपछि त्यो समाधान हुने बताउनुभयो ।

प्रकाशित मिति : ७ कार्तिक २०७४ मंगलबार ००:००  २ : ०१ बजे