१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दीपकुमारलाई चुनाव लड्ने बाटो खुल्यो, कपिलवस्तुबाट चुनाव लड्ने पक्का पक्की



मायादेवी अनलाइन, ७ कात्तिक ।
भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले चुनावमा उम्मेदवार बन्नका लागि दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ । उहाले गत असोज तेस्रो साता परराष्ट्र मन्त्रालयमार्फत् राजीनामा बुझाउनु भएको थियो ।
उपाध्यायको राजीनामा पत्र तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महराले असोज २० मा नै प्रधानमन्त्री कार्यालयमा लगेर बुझाउनु भएको थियो । उपाध्याय दिल्लीस्थित राजदूतावासको जिम्मेवारी उपप्रमुख भरत रेग्मीलाई सुम्पेर स्वदेश फर्कर्नु भएको थियो ।
उपाध्यायले कपिलवस्तु क्षेत्र नम्बर १ वा २ मध्ये एउटा क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारी गर्नु भएको छ । उहाले जिल्लाबाट धेरै दबाब आएपछि राजनीतिमा फर्किने निर्णय गरेको बताउनु भएको छ ।
दोस्रो संविधानसभाको निर्वाचनमा उपाध्याय कपिलवस्तु–१ बाट उम्मेदवार बनेर पराजित हुनु भएको थियो । कांग्रेस केन्द्रीय सदस्यबाट राजीनामा दिएर भारतका लागि राजदूत बन्नुभएका उपाध्यायलाई ओली सरकारले राजदूतबाट फिर्ता बोलाएको थियो । तर, उहालाई प्रचण्ड सरकारले पुनः भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७४ मंगलबार ००:००  २ : ०४ बजे