७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दोस्रो चरणका लागि उमेद्वार छान्न दलहरुलाई सकस



कार्तिक ९ ।
नेपाली काँग्रेस प्रतिनीधिसभा र प्रदशेसभाको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार छान्नुअघि लोकतान्त्रिक गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल, राप्रपा र राप्रपा (प्रजातान्त्रिक) सँग आज छुट्टाछुट्टै छलफल गर्दै छ । कांग्रेसले गठबन्धनमा सहभागी चार दलसँग सिट तालमेल र चुनावी मुद्दाबारे आज छलफल गर्न लागेको हो । हिजो बसेको संसदीय समितिको बैठकले गठबन्धनमा आवद्ध अन्य दलसँग छलफल गर्ने तय गरेको थियो ।
यसैबिच नेपाली काँग्रेसले पहिलो चरण निर्वाचन हुने ३२ जिल्लामा बागी उम्मेदवारी दिनेविरुद्ध कडा निर्णय लिने जनाएको छ । यताएमाले र माओवादी केन्द्र दवैले दाबी कायमै राखेपछि वाम गठबन्धन कार्यदलले १५ जिल्लाको निर्वाचन क्षेत्र बाँडफाँटमा सहमति जुटाउन सकेको छैन । प्रत्यक्षतर्फ मनोनयनको एक साता बाँकी रहँदा कार्यदलले १५ जिल्लाको सहमति जुटाउने जिम्मा शीर्ष नेता सम्मिलित संयोजन समितिलाई नै दिने भएको छ ।संयोजन समितिमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् । नेताहरु सहमति जुटाउने आन्तरिक कसरतमा छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७४ बिहिबार ००:००  ४ : ५२ बजे