२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

गजेहडामा लुम्बिनी भिजन कलेज सञ्चालन



मायादेवी अनलाइन, कपिलवस्तु, ११ कार्तिक ।
कपिलवस्तुको गजेहडामा लुम्बिनी भिजन कलेज सञ्चालनमा आउने भएको छ । व्यवस्थापन संकायको चार बर्षे कार्यक्रम सञ्चालन हुने गरि कलेज सञ्चालनमा आउने भएको हो । कलेजको शुक्रबार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन विष्णुहरी कोइरालले एक औपचारिक कार्यक्रम गरि उद्घाटन गर्नुभयो ।
कलेजको उद्घाटन गर्दै कोइरालाले गजेहडामा सञ्चालन हुन लागेको कलेजको सफलताको शुभकामना दिनुभयो । कलेज स्थापना हुनु भन्दा राम्रो संग सञ्चालन गर्नु ठुलो कुरा भएको बताउनुभयो ।

बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले नगरभित्र उत्कृष्ट कलेज सञ्चालन हुनु राम्रो कुरा भएको बताउनुभयो । नगरलाई शिक्षा क्षेत्रमा अरु नगर भन्दा अगाडी लैजानुपर्नेमा मेयर थारुको जोड थियो ।

उपमेयर चक्रपाणी अर्यालले नयाँ कलेजलाई नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गजेहडामा नयाँ कलेज स्थापना हुन राम्रो कुरा भएको बताउनुभयो ।

कार्यक्रममा कलेजका सञ्चालक मित्रलाल शर्माले सबैको सल्लाह बमोजिम प्राविधिक शिक्षा दिने उद्देश्यले कलेज सञ्चालन गरेको बताउनुभयो । अहिले तत्तकाल व्यवस्थापन संकायको अध्ययन हुने बताउदै निर्देशक शर्माले छिट्टै प्राविधिक शिक्षा सञ्चालनमा ल्याउने उहाले बताउनुभयो ।
गाउघरमा कलेज सञ्चालनमा आएको भन्दै उहाले जेहन्दार विद्यार्थीलाई छात्रबृत्तीको पनि व्यवस्था गरेको बताउनुभयो ।
कलेजका सञ्चालक समिति अध्यक्ष सरोज खनालले विद्यार्थी र अभिभावकको मन जित्ने गरि अध्ययन अध्यापक गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो

कलेजका सञ्चालक समिति अध्यक्ष सरोज खानालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजसेवी बाबुराम आचार्य, बाणगंगा माविका प्राचार्य राम प्रसाद भण्डारी, सुर्योदय मा वि का प्राचार्य जगन्नाथ मरासीनी, होराइजन माविका प्रिन्सिपल बासुदेव घिमिरे, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलखबहादुर पछाई लगाएतले सफलताको शुभकामना दिनुभएको थियो भने विष्णु प्रसाद खनालको सञ्चालन रहेको थियो ।
कार्यक्रममा कवि राजमणी बस्याले कविता बाचन गर्नुभएको थियो भने सुधा पंगेनीको विद्यार्थी समुहले स्वागत गीत प्रस्तुत गरेको थियो ।
यसैबिच शुक्रबार नै कलेजको सुविधा सम्पन्न भवन निर्माण गर्ने गरि शिलन्यास गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन विष्णुहरी कोइराला, नगर प्रमुख, उपप्रमुख लगायतले भवनको शिलन्यास गर्नुभएको हो ।

प्रकाशित मिति : ११ कार्तिक २०७४ शनिबार ००:००  १ : ५५ बजे