१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सर्वश्वसहित जन्मकैदको सजाए पाएका बालकृष्ण ढुंगेल पक्राउ



काठमाडौं, १४ कात्तिक ।
माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले ढुंगेललाई मंगलबार बिहान ११ बजे ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो । नेता ढुंगेललाई ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको हत्या गरेको ठहर गर्दै सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको थियो ।
अदालतले नेता ढुंगेललाई दोषी ठहर गरेर सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । दोषी ठहर गरेका ढुंगेललाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रहरी महानिरीक्षकमाथि अदालतको मानहानी गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको थियो ।
एक हप्ताभित्र पक्राउ गर्न आदेश गरे पनि नपक्रिएको भन्दै आइजिपीमाथि अदालतको अवहेलन मुद्दा कात्तिक ८ गते दायर भएको थियो । त्यसको ६ दिनपछि ढुंगेल पक्राउ परेका हुन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७४ मंगलबार ००:००  ७ : १९ बजे