११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

टिकट माग्न जादा केपि कड्किए, जिल्ला नेता निरास !



दीपक अनुरागी, कपिलवस्तु ।

नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेल काठमाण्डौ हप्तौ धाए । जिल्लामा सर्वसम्मत रुपमा उम्मेद्वार सिफारिस गर्न नसकेका अध्यक्ष पोख्रेलले जम्मो टिम लिएर काठमाण्डौ धाएका थिए । टिकटका आकांक्षीहरु जिल्लामा धेरै रहेपनि जनताले चाहेको नेतालाई टिकट दिलाउनु उनको प्रयास थियो । जिल्लामा केपि गुटका खरो मानिने अध्यक्ष पोख्रेलले अन्तत्वागोत्ता केपि ओली कै हुँकाई खाएर फर्केका छन । प्रतिनिधिसभामा निर्वाचन क्षेत्र नम्बर १ मा एमालेले टिकट पाउनुपर्ने माग गर्दै अध्यक्ष ओली निवास पुगेका पोख्रेलले पार्टीकै उम्मेद्वारलाई टिकट माग्न खोज्दा हुँकाई खाएका हुन ।

गत ०७० सालको दोस्रो संविधानसभामा निर्वाचनमा चुनाव जितेको क्षेत्रमा एमालेले टिकट पाउनुपर्ने एमालेले माग गर्दै आएको थियो । तर त्यो केपि ओलीकै कारण सम्भव हुन नसकेको नेताहरुको टिप्पणी छ । अहिले यहाँबाट नेकपा (माओबादी केन्द्र) का नेता चन्द्रप्रकाश खनाल (बलदेव) चुनाव लड्दैछन । बामपंथी गठबन्धनको कार्यदलले बलदेवलाई टिकट दिएको हो ।

स्थानीय तहको निर्वाचनमा वाणगंगा नगरपालिकाको मेयरमा एमाले पराजित भएको थियो । मेयरमा पराजित विमला घिमिरे केपि ओली प्रमुख रहेको पार्टी स्कुल विभागकी सदस्य हुन । उनि ओलीकी विश्वासिलो पात्र हुन । कांग्रेस, माओबादी केन्द्रले गठबन्धन गरेर यहाँ एमालेलाई पराजित गरेका थिए । उपमेयरमा भने एमाले विजयी भएको थियो । एमाले मेयरमा पराजित हुनु नेता माधव नेपाल गुटका नेताले भोट नदिएको कारण हो भन्ने केपि ओलीलाई भ्रम रहेको पाइएको छ । उनले यस्तो गम्भिर आरोप कसरी लगाए यसको समिक्षा पक्कै होला तर ओलीले यस्तो अरोप के कारणले लगाए भन्ने प्रश्न पेचिलो बनेको छ ।

ओलीले जे सोचेका छन् त्यो हावादारी सोचेको निर्वाचनको नतिजाले पनि स्पष्ट देखाएको छ । मेयरमा पराजित हुनुमा केपि लाइनकै कारणले गर्दा हो भन्ने ओलीलाई थाहा नहुन सक्छ । किनकि निर्वाचनमा घात गरेको भन्दै ओली लाइनकै केहि जिल्ला नेता कार्रबाहिको भागीदार भएका छन ।
पहिलो संबिधानसभा देखि नै क्षेत्र नम्बर १ मा टिकटको आकांक्षामा रहेका यूवा नेता विष्णु पंथीलाई यसपालि पनि पार्टीले टिकट दिएन । विद्यार्थीको केन्द्रिय राजनितिमा काम गरिसकेका युवा नेता पंथी यस क्षेत्रकै चर्चित नेता हुन । पूर्व पार्टीको केन्द्रिय लेखा आयोगका सदस्य समेत रहेका पंथी माधव नेपाल गुट अन्तर्रगत चिनिन्छन । नेपाल गुटमै लागेको कारण पार्टीले पटक पटक उनि माथि अन्याय गरेको चर्चा कार्यकर्ता तवरमा छ ।

दोस्रो संविधानसभा निर्वाचनमा चुनाव जितेका बलराम अधिकारी यसपालि पनि उम्मेद्वार बन्ने आफ्नो हड कायम राख्दै आएका थिए । पार्टीको ढेड दशक सम्म जिल्ला अध्यक्ष रहेर काम गरेका अधिकारी सासंद पद पनि पड्काउन भ्याए । केन्द्रिय स्तरका नेता संग चिनजान बढाएका अधिकारी केपि ओली गुटका नजिकका पात्र हुन । केहि दिन अघि मात्र केपि ओली संग कुम जोडाएर फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेका अधिकारीले अन्तिम सम्म आफु प्रतिनिधिसभाको उम्मेद्वार बन्नेमा ढुक्क थिए । समाजिक सञ्जालमा पोष्ट गरेको फोटाले आफु टिकटको कति पावरमा छु भन्ने देखाउन खोजेको चर्चा अहिले चलेको छ ।

जिल्ला अध्यक्ष पोख्रेल एक पटक सांसद भएका व्यक्ति दोस्रो पटक सासंद हुन नहुने पक्षमा अडिग थिए । राजनीतिमा सबैले अवसर आउनु पर्छ भन्ने मान्यतामा पोख्रेल थिए । त्यहि मनशाय बमोजिम काठमाण्डौ गएका पोख्रेललाई अध्यक्ष ओलीले गुटको ध्वाँस देखाइ दिए ।

नयाँ अनुहारलाई टिकट दिदा जित्ने प्रवल सम्भावना थियो । तर यहि विषयमा प्रवेश गर्दा वित्तिकै ओलीले फेरी हराउँनलाई टिकट माग्न आएको भनि थर्काए । विमलालाई चुनाव हराउने अनि के को टिकट माग्न आएको भन्दै ओली रन्किए । स्रोत भन्छ, ‘टिकट कि माओबादीले पाउँछ कि बलरामले तपाई हिडि हाल्नुस भनेर ओली कड्किए ।’ ओलीको थर्काइ पछि नेताहरु जिल्ला फर्किसकेका छन ।

प्रतिनिधिसभामा एमाले शुन्य

प्रतिनिधिसभाको तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा एमाले शुन्य भएको छ । एमालेले आफ्नो पार्टीबाट कुनै पनि उम्मेद्वारलाई उठाउन सकेन । बामपंथी गठबन्धनबाट १ नम्बर क्षेत्रमा माओबादी नेता बलदेव चुनाव लड्दै छन । २ नम्बर क्षेत्रमा स्वतन्त्र समुह बनाई एमालेको सूर्य चिह्न माग गरेका बृजेश कुमार गुप्ता र ३ नम्बर क्षेत्रमा स्वतन्त्र समुहकै ईश्वर दयाल मिश्र एमालेबाट चुनाव लड्दै छन । यि दुई उम्मेद्वारलाई बामपंथी गठबन्धनले सघाउनेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७४ मंगलबार ००:००  ९ : ०५ बजे