१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दोस्रो पटक दीप कुमार र बलदेव भिड्दै



मायादेवी अनलाइन, कपिलवस्तु, १६ कार्तिक ।
दोस्रो संविधानसभा चुनावमा भिडेका कांग्रेस नेता दीप कुमार उपाध्याय र माओबादी केन्द्रका नेता चन्द्रप्रकाश खनाल ‘बदलेव’ विच यसपालि पनि कडा टक्कर हुने भएको छ । प्रनिनिधिसभा सदस्य पदको लागि कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट दुवै नेताले विहिबार मनोनयन दर्ता गराउँदै छन । भारतका लागि नेपाली राजदुतबाट राजीनामा दिएर चुनावमा होमिएका उपाध्याय र ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला राजनीतिक सल्लाहकार भएका काम गरेका बलदेव जिल्लाका केन्द्रिय स्तरमा पहुँच राख्ने नेता हुन । दुवै नेताले दलबलको साथ उम्मेदवार दर्ता गराउँदै छन ।
कांग्रेसले जिल्लामा कुनै दल संग चुनावी तालमेल गरेको छैन । उपाध्यायले कांग्रेसबाट एकल उम्मेदवारी दिदै छन । बलदेवले भने एमाले समर्थनमा बाम गठबन्धबाट उम्मेद्वारी दिन थालेका छन । दोस्रो संविधानसभामा दुवै नेता चुनावमा भिडेका भएपनि पराजित भएका थिए । तत्कालिन क्षेत्र नम्बर १ मा चुनाव लडेका यि नेतालाई एमालेका बलराम अधिकारीले पराजित गरेका थिए ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा वाणगंगानगरपालिका, कपिलवस्तु नगरपालिकाका वडा नम्बर ९, १० र ११, मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिका मिलेर बनेको छ । यि मध्ये सबैभन्दा बढी जनसंख्या रहेको वाणगंगा नगरपालिका हो । यहाँ गत असार १४ गते सम्पन्न स्थानीय तह दोस्रो निर्वाचनमा कांग्रेस र माओबादी केन्द्र चुनावी गठबन्धन गरेर चुनाव लडेका थिए ।
मेयरमा कांग्रेसले जिते हासिल गरे पनि उपमेयरमा माओबादी केन्द्र पराजित भएको थियो । एमाले मेयरमा ४ सय मतले पराजित भएको थियो भने उपमेयरमा ८ सय मतले जित हासिल गरेको थियो । तीन प्रतिनिधिसभा मध्ये सबै भन्दा बढी मतदाता १ नम्बर क्षेत्रमा छन । यहाँ १ लाख १६ हजार ९ सय ३७ मतदाता रहेका छन ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७४ बिहिबार ००:००  ३ : ३४ बजे