१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कपिलवस्तुमा तीन लाख ११ हजार मतदाता



कपिलवस्तु, १७ कात्तिक (रासस) ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाका लागि कपिलवस्तुमा २३३ मतदानस्थल र ४१० मतदान केन्द्र कायम गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनबाट तीन प्रतिनिधि सभा र ६ जना प्रदेश सभाका प्रतिनिधि निर्वा्चित हुनेछन् ।
जिल्लामा मतदाताको सङ्ख्या तीन लाख ११ हजार ७६० रहेको छ । कूल मतदातामध्ये महिला एकलाख ४२ हजार २९२ रहेका छन् भने दुईजना तेस्रोलिङ्गी पनि मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
प्रतिनिधि सभा मतदाता
कपिलबस्तुका क्षेत्र नं १ मा एक लाख १६ हजार ९३६, क्षेत्र नं २ मा एक लाख दुई हजार ४२० र क्षेत्र नं ३ मा ९२ हजार ४०३ मा मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी ज्ञानहरि घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ कार्तिक २०७४ शुक्रबार ००:००  ७ : ३२ बजे