१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नौ किशोरीको कृष्णनगर सीमाबाट उद्धार



सीताराम चौधरी, कृष्णनगर, १७ कार्तिक ।
मानव बेचबिखन तथा लैगिक हिंसा बिरुद्ध जिल्लामा क्रियाशिल संस्था के.आई. नेपालले सीमा नाकाबाट ९ किशोरीको उद्धार गरेको छ ।
जिल्लाको कृष्णनगर नाकामा सीमा निगरानीका क्रममा केआई नेपालले भारत तथा तेस्रो मुलुकसम्म जान लागेका किशोरीहरुको उद्धार गरेको हो । मानव बेचबिखन बिरुद्ध कपिलवस्तुको सीमा नाकामा रही यात्रुगेट र लिङ्कगेट दुबै ठाउँमा सीमा निगरानीलाई कडाई गर्दा ती किशोरीहरुको उद्धार गरिएको जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो । उद्धार गरिएका किशोरीहरुमध्ये धनकुटाको एक जना, अर्घाखाँचीका तीन जना, रुपन्देहीको एक जना, दाङ्गका दुई जना, कपिलवस्तुको एक जना र सिन्धुलीको एक जना गरी ९ जना रहेका विश्वकर्माले बताउनुभयो ।
घरमा जानकारी विना कोही विवाह गर्ने निहुँमा त कोही बैदेशिक रोजगारीको लागि जान लागेको सोधपुछको क्रममा खुल्न आएको संयोजक विश्वकर्माको भनाई छ । उनीहरुलाई फरक फरक समयमा उद्धार गरिएको उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७४ शुक्रबार ००:००  ७ : ३७ बजे