२० आश्विन २०७९, बिहिबार | Thu Oct 6 2022

पाँच रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क



पाल्पा, २ मंसिर ।
पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकालाई स्थानीय बासिन्दाले निःशुल्क रूपमा पाँच रोपनी जग्गा प्रदान गरेका छन् । गाउँपालिकाको भवन निर्माणका लागि बगनासकाली–१, चिर्तुङ्गधारा निवासी शोभाखर, कपिल र दिलीप ढुंगानाले निःशुल्करूपमा पाँच रोपनी जग्गा दिने घोषणा गरेका हुन् ।

गाउँपालिकालाई प्रदान गरिएको ढुंगाना परिवारको पाँच रोपनी जग्गा बगनासकाली गाउँपालिका बैठकले लिने निर्णय गरेको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २ मंसिर २०७४ शनिबार ००:००  १ : ४५ बजे