१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

न्वागी मेलामा करिब एक करोडको कारोबार



गुल्मी, ४ मंसिर (रासस) ।
गुल्मी र बाग्लुङ अन्तर्गत पौदीवासीले मनाउने न्वागी पर्वसँगै लाग्ने न्वागी मेलामा आर्थिक कारोबार राम्रो भएको बताईएको छ । दुई जिल्लाको संगमस्थल ग्वालिचौर खारबजारमा सञ्चालन भएको पाँचदिने मेला अवधिभरमा भण्डै १५० वटा स्टलमा सञ्चालन गरिएको थियो ।

व्यापार–व्यवसाय मार्फत व्यापारीले मेलामा जाडोयामका न्यानो कपडा, फलफूल कृषि उपज र होटल व्यवसाय तथा रमाइलो मेला समेतबाट मेला अवधिभर करिब रु एक करोडको आर्थिक कारोवार भएको पौदी न्वागी मेला समिति गुल्मी बाग्लुङका कोषाध्यक्ष प्रदीप खरेलले जानकारी दिनुभयो ।

पछिल्ला वर्षमा न्वागी मेलामा कारोबार राम्रो हुने भएपछि मेलालाई मध्यनजर गर्दै विभिन्न जिल्लाबाट व्यापारी आ–आफ्नो व्यापार लिएर न्वागी मेलामा आउने गर्दछन् । लामो समयसम्म मेला सञ्चालन हुनाले न्वागी मेला धार्मिक पर्वका साथै एउटा व्यापार बृद्धिको केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७४ सोमबार ००:००  १ : २१ बजे