१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

व्यापार प्रवद्र्धनमा सरकारी नीति नै बाँधक



लुम्बिनी, ७ मंसिर ।

लुम्बिनीका उद्योग व्यवसायीले सरकारका अव्यवहारिक, झण्झटिला र व्यवसायीमैत्री नीतिको अभावका कारण व्यापार फस्टाउन नसकेको गुनासो गरेका छन् । उद्योग व्यापार संगठन रुपन्देही शाखाले भैरहवामा आयोजना गरेको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा आयोजित व्यापारसम्बन्धी अन्तरक्रियामा उनीहरूले व्यवसाय दर्ता र नवीकरण, भन्सार र वाणिज्य नीति ज्यादै झण्झटिलो भएकाले त्यसलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
कैयौँ सामान भारतीय बजारमा भन्दा नेपाली बजारमै सस्तो र गुणस्तरीय हुँदाहुँदै उपभोक्ता भ्रममा परेर सीमापारि गएर खरिद गर्ने परिपाटी रहेकाले यस्तो परिपाटीको अन्त्यका लागि प्रभावकारी नीति बनाउनुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७४ बिहिबार ००:००  २ : ४८ बजे