५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मुसिकोट दरवारमा संग्रहालय र भ्यु टावर बन्ने



मुसीकोट, गुल्मी, ७ मंसिर ।
ऐतिहासिक महत्वको मुसीकोट दरबारस्थलमा संग्रहालय र भ्यु टावर बन्ने भएको छ । तत्कालीन बाइसे÷चौसिबे राज्यमध्येको एक उक्त दरबार क्षेत्र पछिल्लो समय संरक्षणविहीन भएका बेला मुसिकोट नगरपालिकाले पौराणिक महत्वका सामग्रीको संरक्षणका लागि संग्रहालय र एक भ्यु टावर निर्माणको योजना अघि सारेको हो ।

नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाका अनुसार भ्यु टावर निर्माणका लागि चालू आर्थिक वर्षमा रु आठ लाख वजेट विनियोजन गरिएको छ । संग्रहालय निर्माणका लागि रुरु–रेसुङ्गा विकास समिति, पुरातत्व विभाग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाले निरीक्षण र अनुगमन गर्ने भएका छन् । विस्तृत अनुगमन र सर्वेक्षणपछि केन्द्रीय बजेटमा थप हुने अपेक्षा नगरपालिकाको छ ।
प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं २ मा पर्ने सो दरबार क्षेत्रमा तारबार लगाउने काम पनि शुरु भएको छ । दलहरूले यसको संरक्षण र प्रवद्र्धनका लागि चुनावी मुद्दा बनाउँदै आएका छन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०७४ बिहिबार ००:००  २ : ४९ बजे