१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

अभियनबाटै राष्ट्रमा योगदान गर्छु : मोडल कुँवर



विमल गैरे, मायादेवी अनलाइन ।
विष्णु कुँवर (क्षेत्री) लाई यतिवेला अभिनय गर्न भ्याई नभ्याई भएको छ म्युजिक भिडियो इडिटिङ¨ गर्दै आएका कुँवर यतिवेला म्युजिक भिडियोमा समेत अभिनय गर्न थालेका छन भने पछिल्लो समय आफुलाई निर्देशक समेत उनी वताउँछन् । बुबा जिवलाल कुवँर र माता मिना कुँवरको कोखवाट गुल्मी जिल्ला धुरकोटमा जन्मीएका कुवर यस अघि करिव एक दर्जन भन्दा वढि म्युजिक भिडियोमा अभिनय गरीसकेका छन् ।
पछिल्लो समय प्रियसी म्युजिकको प्रस्तुती नविन मगर र सागर के.सीको ‘प्युठान झर्छु मायालु’ वोलको गितमा आफ्नो दमदार अभिनय प्रस्तुत गरेका छन् र कुँवरलाइ निता मगरले साथ दिएकी छिन् । उनी भन्छन, झन्डै आधा दर्जन वढी गीतमा अभिनय गरिसकेको छु र केही समयमै वजारमा ल्याउने प्रयासमा छु । आगामी दिनमा साजिक, राष्ट्रप्रेम एवं समय सान्र्दर्भिक गीतमा अभिनय गरी दर्शक श्रोताको मन जित्न चाहन्छु कुँवरले वताएका छन ।

प्रियसी म्यूजिकको प्रस्तुतीमा लोकगायक पुष्कर शर्मा र गायिका देवी घर्तीको स्वरमा सजिएको  ‘प्युठान झर्छु मायालु’ एल्बमको गीतमा मोडलको भुमिकामा  मोडल विष्णु कुँवर  ।

प्रकाशित मिति : ८ मंसिर २०७४ शुक्रबार ००:००  ४ : ३८ बजे