७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

समता र पहुँच साझेदारी परियोजनाको अन्तरक्रिया



कपिलवस्तु, ९ मंसिर ।
कपिलवस्तुमा समता र पहुँचका लागि साझेदारी परियोजना अन्तरगत १ दिने विद्यालय स्तरीय कार्यशाला पकडीमा सम्पन्न भएको छ । मायादेवी गाउँपालिका १ पकडीमा रहेको छत्रपाली तिर्थदेवी माध्यमिक विद्यालयमा कार्यशाला सम्पन्न भएको हो ।
कार्यशालामा विद्यालयका शिक्षक, फोकल पर्सन तथा बालविकास केन्द्रका सहजकर्ता लगाएतको उपस्थितीमा शैक्षिक सामाग्री निर्माण तथा कक्षा कोठा व्यवस्थापन सम्बन्धी जानकारी दिइएको थियो । कार्यशालामा विदालयका प्रधानाध्यपक नरेन्द्र प्रसाद कुर्मीले विद्यालयलाई बालमैत्री विद्यालय बनाउनको लागि आफुले योजना बनाएर काम शुरुवात गरेको जानकारी दिनुभयो ।
परियोजना अन्तरगत ६ दिने तालिम पाए पश्चात शिक्षकहरुको सहभागीतामा विद्यालयमा शैक्षिक सामाग्री बनाउने कार्य अगाढि बढेको श्रोत प्रशिक्षक गिता अर्यालले जानकारी दिनुभयो । यसैबीच सोही विदालयमा बालविकास देखि कक्षा ३ सम्मका बालबालिकाका आमाहरुलाई २ दिने पोषण सम्बन्धी तालिम दिइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  १ : २८ बजे