१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

सडक नाटकको माध्यमबाट मतदाता शिक्षा



थानेश्वर अधिकारी, कपिलवस्तु, ९ मंसिर ।
नेपाल युवा संस्था संजाल (आयोन) को आयोजना तथा सामाजिक परिवर्तनका लागी युवा अभियान कपिलवस्तुको समन्वयमा कपिलवस्तु जिल्लामा नागरिक सचेतनाका लागि बिबिध कार्यक्रम संचालन भैरहेको छ ।
‘समृद्ध देश युवाको रहर, मतदान गरौं गाउँ सहर’ भन्ने मुल नाराका साथ आयोनले देशभरिका ६ वटा जिल्लामा संचालन गरेको सो कार्यक्रमबाट यही मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा मत बदर हुन नदिन, मतदाता शिक्षा, नागरिक शिक्षा कार्यक्रम प्रभावकारी हुने अपेक्षा लिइएको छ ।

सो कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न कपिलवस्तुमा १२ जना अभियानकर्मी छनौट गरी तालिम दिई अहिले गाउँ गाउ परिचालन गरिएको बताइएको छ । अभियानकर्मीले निर्वाचन प्रकृया, मतदाता शिक्षा, मतदान गर्ने तरिका, निर्वाचन आचारसंहिता जस्ता बिषयबस्तुको बारेमा मतदातालाई सिकाउने छन ।

कार्यक्रम बाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी गाउँपालिका, बुद्धभुमी नगरपालिका र शिवराज नगरपालिकाका केही वार्डहरुमा संचालन भैरहेको युवा अभियान कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारीले जानकारी दिनुभयो । यसैगरी लवनी, पकडी, तौलिहवा, कोपवा, कृष्णनगर, बहादुरगंज, महाराजगंज र नन्दनगरमा मतदान महादान बिषयक सडक नाटक प्रस्तुत गरिएको छ ।

सो नाटकमा काशिराम भट्टराई, पुर्णचन्द्र परियार, सृजना भुसाल, मिरा परियार, क्रषिराम पाण्डेय, मनिसा कुँवर, मनोज पाण्डेय, मिना थारु, संगिता भुसाल, शारदा खनाल, सरिता पौडेल, बिरेन्द्र रेग्मी लगायतले अभिनय गर्नुभएको थियो ।

साथै यही सोमबार र मंगलबार चन्द्रौटा, तौलिहवा र जितपुरमा साईकल ¥याली गरिने भएको छ । सो साईकल ¥यालीमा मतदाता शिक्षा अंकित टिसर्ट प्लेकार्ड सहित सयौ युवाहरुले नगर परिक्रम गरी नागरिक शिक्षा सम्बन्धि जानकारी दिनेछन् । यसरी संचालन गरिएको बिभिन्न किसिमका सचेतनामुलक कार्यक्रमबाट मतदातामा रहेको अन्योलतामा कमी ल्याई सहि किसिमबाट मतदान गर्ने तरिका, निर्वाचन प्रणाली, निर्वाचन आचारसंहिता, मतदानको महत्व र आबश्यकताबारे जानकारी दिइएको छ ।

बिशेष गरी युवा लक्षित सो कार्यक्रमबाट अधिकांस युवाहरुको सहभागितामा कार्यक्रम संचालन गरिएको नागरिक शिक्षा अभियानकर्मी रिषिराम पाण्डेले जानकारी दिनुभयो । उक्त कार्यक्रम युएसएआइडी र आईएफसिएस अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा सञ्चालनमा भएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  २ : ०२ बजे