७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

साना किसान कृषि सहकारी ओदारीको साधारणसभा सम्पन्न



अबिनाश बेल्बासे, कपिलबस्तु, १० मङ्सिर ।
बाणगंगा नगरपालिकाका नगर प्रमुख मङ्गल प्रसाद थारुले नगर भित्र रहेका कृषि सहकारीहरुले रोजगार र आम्दानीमुलक योजना ल्याएको खण्डमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

जिल्लाको बाणगंगा नगरपालिका ११ ओदारीमा अबस्थित साना किसान कृषि सहकारी संस्था हथौसाको चौथो वार्षिक साधारण सभामा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।
नगर प्रमुख थारुले नगर भित्र रहेका कृषि सहकारी सँस्थाहरुले बिशेष गरि महिलाको आय आर्जनमा टेवा पुर्याउने खालका योजनाहरु ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख चक्रपाणी अर्यालले अघिल्लो नगरसभामा समयको अभावको कारण सहकारीको क्षेत्रमा प्रभाबकारी बजेट बिनियोजन गर्न नसकेको बताउनुभयो ।

साधारणसभामा साना किसान बिकाश बैङ्क लिमिटेडका प्रबन्धक शेर बहादुर चौधरीले नगर भित्रका महिलाहरुको आय आर्जनमा बृद्धि ल्याउन सकिने बातावरण सिजर्ना गर्नका लागि जनप्रतिनिधिहरु समक्ष अनुरोध गर्नुभयो ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष सोमनाथ अर्याल, साना किसान सहकारी संस्था मोतिपुरका अध्यक्ष भिम प्रसाद सापकोटा, प्रबन्धक सालिकराम पौडेल, कोपवा शाखा अध्यक्ष मालिका पोख्रेल, सिद्धार्थ क्याम्पस व्यबस्थापन समितिका उपाध्यक्ष रवि काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

यसैविच बार्षिक उत्सवको अवसरमा नवनिर्वाचित नगरपालिकाका जनप्रतिनिधिहरुलाई कृषि सहकारीले सम्मान गरेको थियो । यस्तै सहकारी संस्थाका असल ऋणी, असल बचतकर्ता, र विभिन्न समूहलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७४ आइतबार ००:००  २ : ३२ बजे