१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

कपिलबस्तुको ओदारीमा बम फेला !



मायादेवी अनलाइन, कपिलबस्तु, ११ मंसिर ।
कपिलबस्तुमा बम फेला परेको छ । जिल्लाको बाणगंगा नगरपलिका ११ ओदारीबाट १ सय मिटर अगाडि भडसडवा जाने बाटोको नजिकै बम फेला परेको हो ।

आसन्न प्रतिनिधि तथा प्रदेशसभाको चुनाब नजिकिरहेका बेला स्थानियलाई त्रसित पार्ने उद्देश्यले राखिएको बमलाई नेपाली सेनाको एक टोलीले डिस्पोज गरेको छ ।

यद्यपि ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख राजु कार्कीले उक्त बम नक्कली भएको बताएका छन । बम जस्तै देखिने सुतलि र परालले बाधेको उक्त शंकास्पद बस्तु बम नभएको प्रहरी प्रमुख कार्कीले जनाए ।

शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । बमलाई डिस्पोज गर्नका लागि नेपाली सेना, सशत्र प्रहरी, नेपाली प्रहरी गएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७४ आइतबार ००:००  ९ : ४५ बजे