४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

पश्चिमी क्षेत्रका जनता ६० बर्ष देखि सिंचाई माग्दै



दिपक अनुरागी, कपिलवस्तु, १४ ।
निर्वाचनमा बाचा गरेर नेताले चुनाव जित्न थालेको छ दशक वितिसक्दा पनि कृष्णनगर क्षेत्रका जनताको माग पुरा हुन सकेको छैन । हरेक पटक आउने निर्वाचनमा उम्मेदवारको एउटै एजेण्डा हुने गरेको छ, राप्ती नदीको पानी ड्राईभर्सन गरि सिंचाई सुविधा कपिलवस्तुमा पु¥याउने ! सिंचाई सुविधा नभएकै कारण उजाड रहेको जिल्लाको पश्चिमी क्षेत्रको हजारौँ हेक्टर जमिनमा पानी ल्याउने बाचा गर्न थालेको छ दशक वितिसकेको छ तर जनताको विचको बाचा ज्यूका त्यूँ छ । २०१५ सालको आम निर्वाचन देखि हामीहरुको एउटै माग छ, सिंचाईको सुविधा चाहियो ? ‘कृष्णनगर नपा २ का कृष्ण कुमार गुप्ताले भने, तर हाम्रो माग अझै पुरा भएको छैन, कुन पुस्ताको पालामा हुने हो थाहा छैन ।’ चुनावको बेला जनताको विचमा मिठा मिठा एजेण्डा देखाएर चुनाव जित्ने र जितिसकेपछि सबै हराउँने गरेको गुप्ता बताउँछन । यहाँबाट चुनाव जितेर मन्त्री पनि भएका छन गुप्ताले भने, ‘नेताको जीवन फेरियो तर क्षेत्रको मुहार फेरिएन ।’
विं.सं. २०१५ को आम निर्वाचनमा तत्कालिन शिव प्रताप शाहको चुनावी एजेण्डा थियो, चन्द्रौटा, कृष्णनगर, बहादुरगञ्ज क्षेत्रमा राप्ती ड्राईभर्सन गरि सिंचाईको सुविधा पु¥याउने । उनले यहि चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा गएका थिए । यहि एजेण्डालाई जनताले पत्याए, चुनाव जिताए, सिंहदरबार पठाए । साथै उ बेला विपि कोइराला पहिलो पटक जननिर्वाचित प्रधानमन्त्री हुँदा अर्थराज्य मन्त्री समेत हुने अवसर पाए ।
पछि पञ्चायतको समयमा शाह परिवारबाटै डा. रुद्रप्रताप शाह सम्माननिय भएका थिए । उनको पनि पहिलो चुनावी नारा सिंचाई सुविधा पु¥याउँने नै थियो । राजाले सम्मानिय बनाएका शाहले पनि सिंचाई सुविधा तत्काल ल्याउने बाचा गरेका थिए ।
रुद्रप्रतापको राजनीति अवशान पछि शाह परिवारबाट पञ्चायतकै बेला रागवेन्द्र प्रताप शाहले चुनाव जितेका थिए । उनि सञ्चारमन्त्री समेत बनेका थिए । उनले पनि सिंचाईको मुख्य एजेण्डा बनाएका थिए ।
२०४६ सालको बहुदल पछि शाह परिवारबाटै अजय प्रताप शाह राजनीतिमा उदाए । उनले पनि राप्रपाबाट चुनाव जितेका थिए ।
त्यति मात्र होइन ०६२÷०६३ सालको जनआन्दोलन पछि देशमा लोकतन्त्र, गणतन्त्र आएपनि शाह परिवारकै दबदबा रहि र¥यो । कांग्रेस, पञ्चायत, राप्रपाबाट पटक पटक चुनाव जितेका शाह परिवार ०६२÷०६३ साल पछि तराई केन्द्रित राजनीतिमा आयो । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालबाट अभिषेक प्रताप शाहले यसै क्षेत्रबाट चुनाव जितेर सभासद भएका थिए । त्यति बेला पनि उनको चुनावी नारा सिंचाई, स्वास्थ्य, शिक्षा नै थियो । संविधान नबने पछि संविधानसभा विघटन भएपछि दोस्रो संविधानसभाको निर्वाचन २०७० सालमा भयो । ०७० सालको निर्वाचनमा संघिय समाजबादी फोरम नेपालबाटै अभिषेक प्रताप शाहले चुनाव जितेका थिए ।
आसन्न मंसिर २१ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा यसै क्षेत्रबाट शाह परिवारका अभिषेक प्रताप शाहले मधेसबादी दल त्यागि सकेका छन । उनि अहिले कांग्रेसबाट प्रतिनिधिसभा ३ मा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन । अभिषेक प्रताप शाह कांग्रेसबाट उम्मेदवार बनेपनि उनका आफ्नै भाई शैलेश प्रताप शाह संघिय समाजबादी फोरम नेपालबाट प्रतिनिधिसभा ३ को (२) बाट प्रदेशसभामा उम्मेदवारी दिएका छन ।
राजनीतिक परिवर्तनका हरेक परिर्वतनमा दल फेरी फेरी २०१५ साल देखि सांसद जित्दै आएका शाह परिवारले यस क्षेत्रमा कही काम नगरेको सर्वसाधारण गुनासो गर्छन । कृष्णनगरका युवा सन्दीप जैयसवालले देशमा राजा हटेपनि कृष्णनगरका राजा काममै रहेको टिप्पणी गर्छ । पुस्तौ पुस्ता देखि राजनीतिक नेतृत्वमा रहँदै आएको शाह परिवारकै कारण गरिब युवाहरु विदेश पलायन भैरहेको उनले आरोप लगाए । न यहाँ सिंचाईको सुविधा छ, न यहाँ कलेज छ, न त यहाँ अस्पताल छ उनले भने, ‘यो सब शाह परिवारकै कारण हुन सकेको छैन । ’
चुनावको बेला शाह परिवारले सिंचाई सुविधा पु¥याउँछु भन्दै आएको २०१५ साल देखि भएको रोहित अहिरले स्मरण गरे । शाह परिवारले चुनाव जित्न थालेको छ दशक वितेको छ, तर यहाँ विकास के भएको छ, उनले प्रश्न गरे, ‘अब मतदाता सचेत भएका छौ ।’ मधेसबादी दल कमजोर देखेपछि राष्ट्रिय पार्टीमा प्रवेश गरेका अभिषेक चुनाव जित्नकै लागि प्रवेश गरेको जगंबहादुर थापा बताउँछन । उनि भन्छन्, दाजु कांग्रेसबाट प्रतिनिधिसभामा उठेका छन्, भाई संघिय समाजबादी फोरमबाट अब भन्नुस एउटै घरमा बस्दै आएका दाजुभाईले विचारको राजनीति गर्दै आएका हुन कि शाह परिवारको विरासत जोगाउँन ?
शाह परिवार लोकप्रिय रहेकै कारण चुनाव जित्दै आएको होइन, कृष्णनगरका गोपीकृष्ण भट्टराईले भने । शाह परिवारको यो क्षेत्रमा हजारौ हेक्टर सम्पत्ती छ । उक्त सम्पत्तीमा बसोबास गर्ने किसानको संख्या १० हजार भन्दा धेरै छन उनि थप्छन, उनिहरुकै साथमा लिएर चुनाव जित्दै आएका छन ।
यता चुनावमा सिंचाई सुविधा पु¥याउने बाचा सहित अरु दलका उम्मेदवार पनि मतदाताको घरआँगनमा जान थालेका छन । जितेका उम्मेदवारले कुनै विकास नगरेको भन्दै आफुहरुलाई भोट दिएर जिताउन बामगठबन्धन र मधेसी दलका उम्मेदवारले भोट मागिरहेका छन । बामगठबन्धनबाट प्रतिनिधिसभामा इश्वर दयाल मिश्र चुनावी प्रतिस्पर्धामा रहेका छन । संघिय समाजबादी फोरम नेपालबाट मंगल प्रसाद गुप्ता र राजपा नेपालबाट नरसिंह चौधरी चुनावी प्रतिस्पर्धामा छन । उनिहरुको पनि मुख्य एजेण्डा राप्ती नदीको पानी ड्राईभर्सन मार्फत कपिलवस्तु ल्याई सिंचाई सुविधा पु¥याउने नै छ ।
विकासको दृष्टिले कपिलवस्तुको पश्चिम क्षेत्र जिल्लामै पछाडी छ । सिंचाई, शिक्षा, स्वास्थ्य, बाटोघाटोमा जिल्लामै पछाडी रहेको क्षेत्र हालको प्रतिनधिसभाको ३ नम्बर क्षेत्र हो । यद्यपि विकासमा जिल्लामै पछाडी रहेको क्षेत्र यहि भएपनि कृष्णनगर नाका यहि क्षेत्रमा छ । बार्षिक अरबौँको राजश्व राज्यलाई दिएको छ भने सबैभन्दा उद्योगधन्दा, कलकारखाना पनि यसै क्षेत्रमा छन तर जनताको दैनिक र विकास निर्माण निकै पछाडी रहेको छ । यस क्षेत्रका प्रमुख व्यपारिक बजार कृष्णनगर, चन्द्रौटा र बहादुरगञ्ज हुन । यि बजार अस्तव्यस्त छन । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे बजारका विशेषता जस्तै छन । न त यहाँ बसपार्क छ, न यहाँ फोहोर व्यवस्थापन गर्ने डम्पिङ साइट छ । चारैतिर फोहोरका डुङ्ँगुर र धुँलो बाहेक केही छैन । अब आउँने निर्वाचनमा पार्टी भन्दा व्यक्ति हेरे भोट दिने मतदाता बताउने गरेका छन ।

प्रकाशित मिति : १४ मंसिर २०७४ बिहिबार ००:००  २ : ०६ बजे