१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी



कैलाली, १४ मंसिर ।
कैलालीमा वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी भएको छ । नचिनेका मानिसको समूहले बिहीबार बिहान साढे ३ बजेतिर निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभाका उम्मेदवार रतन थापाको गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
लम्की चुहा नगरपालिकामा रहेको थापाको घर पछाडि रहेको ग्यारेजमा राखिएको बा १६ च ६८९९ नम्बरको गाडीमा आगजनी भएको हो । त्यो गाडी थापाले चुनावी प्रचारका लागि प्रयोग गरिरहनु भएको थियो ।
आगजनीमा संलग्नहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लम्कीका इन्चार्ज नैन बहादुर साउदले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ मंसिर २०७४ बिहिबार ००:००  २ : १९ बजे