१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कांंग्रेसका जवाहिर थारु काठ सहित पक्राउ !



कपिलवस्तु १७ मंसिर ।
कांग्रेसका जवाहिर थारु सहित २ जनालाई बन कार्यालयल कपिलवस्तुले काठ सहित पक्राउ गरेको छ । बुद्धभूमी नगरपालिका ८ मधनगरा बस्ने थारु सहित परदेशी थारुलाई अवैध काठ सहित जंगलबाट बन कार्यालयले पक्राउ गरेको हो । शनिबार दिउसो ३ बजे ९ क्यूफिट गोलिया काठ सहित दुई जनालाई सेक्टर बन कार्यालय चन्द्रौटाको गस्ती टोलीले पक्राउ गरेको छ ।
कांग्रेस कार्याकर्ता समेत रहेका दुबैलाई छुटाउन व्यापक दबाब आएको कर्मचारीहरुले गुनासो गरेका छन् । कांग्रेसका नेता कार्यकर्ताहरुले पक्राउ परेकालाई छाड्न आर्थिक प्रलोभन सहित दबाब दिएको बताइएको छ । पक्राउ परेका दुबैले आफु कांग्रेसको वडा समितिका सक्रिय कार्यकर्ता भएको र नछाडे सरुवा गरिदिने धम्की समेत दिएको पक्राउ गर्न गएका शशस्त्र बन रक्षकहरुले जानकारी दिएका छन् । सेक्टर बन कार्यालय चन्द्रौटाका सहायक बन अधिकृत भोगेन्द्र मण्डलले पक्राउ परेका दुबैलाई सोमबार म्याद थपि आवश्यक कारवाही गरिने बताउनुभएको छ ।
दुबैजनालाई शनिबार पक्राउ गरिएपनि आइतबार विदा भएको कारण सोमबार सम्मका लागि सेक्टर बन कार्यालय चन्द्रौटामा हिरासतमा राखिएको जानकारी दिनुभयो । बुद्धभूमी नगरपालिकाका कांग्रेस नेता नारायण भुसालले भने पक्राउ परेका दुबै कांग्रेसका सक्रिय कार्यकर्ता नरहेको दाबी गर्नुभयो ।

प्रकाशित मिति : १७ मंसिर २०७४ आइतबार ००:००  ७ : १८ बजे